कोभिड-१९ बाट सर्वाधिक प्रभावित न्युयोर्क लकडाउनबाट बाहिर निस्किँदै

न्युयोर्क। चीनबाट शुरु भएको कोभिड-१९ को महामारीबाट सबैभन्दा प्रभावित बन्यो, अमेरिका। र, अमेरिकामा पनि सर्वाधिक प्रभाव न्युयोर्कमा देखियो। त्यही न्युयोर्क शहर लकडाउन भएको ८० दिनपछि पुनः बौरिने क्रममा छ।

आजदेखि न्युयोर्कमा कम आवश्यकताका सामान पाइने पसलहरू पनि खुल्दै छन्।

स्थानीय प्रशासनले कोरोना भाइरसको हटस्पट बनेको न्युयोर्कमा अब परिस्थिति सामान्य बन्दै गएको बताएको छ।

पहिलो चरणमा कन्स्ट्रक्सन, म्यानुफ्याक्चरिङ र रिटेल क्षेत्रसँग जोडिएका करिब चार लाख जनालाई काममा फर्काउने प्रशासनको प्रयास छ। र, शहरको सब-वे रेल प्रणालीका ९० प्रतिशत यात्री काममा फर्किने अनुमान छ।

त्यसरीमा काममा फर्किन लागेका मानिसलाई महामारी रोकथामसम्बन्धी नियमहरू अपनाउन प्रशासनले सजग गराएको छ।

न्युयोर्कमा कोभिड-१९ का दुई लाखभन्दा बढी बिरामी फेला परेका थिए। तीमध्ये २१ हजार आठ सय ४४ जनाले ज्यान गुमाएका थिए।

“आजको दिन नयाँ हुनेछ, न्युयोर्क फेरि खुल्नेछ,” न्युयोर्कका गभर्नर एन्ड्रयु क्योमोले ट्विट गरेका छन्।

प्रतिक्रिया दिनुहोस्