ट्यांकरमा लुकाएर ल्याएको लागुऔषधसहित दुईजना पक्राउ
<p>वीरगञ्‍ज। लकडाउनको मौका पारी तेलको ट्यांकरमा लुकाएर ल्याउँदै लागुऔषधसहित दुईजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।</p>
<p>वीरगंज महानगरपालिका-१६ रजन्ती चोकबाट ना. ७ ख ९७४४ नम्बरको ट्यांकरमा चेकजाँच गर्दा डिउ र पानीको बोतलमा राखिएको लागुऔषध विनसिरेक्स १०० एमएलको आठ बोतल बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ।</p>
<p>प्रहरीले ट्यांकर चालक बारा जितपुर सिमरा उपमहानगरपालिका-२१ अमलेखगंजका २६ वर्षीय विशाल खड्का र सहचालक अमलेखगंजकै १८ वर्षीय देवकुमार वललाई ट्यांकरसहित नियन्त्रणमा लिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
