काठमाडौं। राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले आज तेस्रो पटक अष्ट्रेलियामा चार्टर्ड उडान गर्दैछ।
निगमको वाइड बडी ए ३३० जहाजले अष्ट्रेलियाको राजधानी क्यानबेरामा उडान गर्न लागेको हो। यो नेपालको राजधानी र अष्ट्रेलियाको राजधानी जोड्ने पहिलो उडान हुनेछ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज अपराह्न ४:५५ बजेका लागि काठमाडौं-क्यानबेरा उडान तालिका तय भएको निगमकी प्रवक्ता अर्चना खड्काले बताइन्।
जहाज क्वालालम्पुर ट्रान्जिट भएर क्यानबेरा पुग्नेछ। नेपाल र अष्ट्रेलियाबीच हवाई सेवा सम्झौता भइसके पनि नियमित उडान हुन सकेको छैन।
नेपालस्थित अष्ट्रेलियाली दूतावासले वाइडबडी जहाज चार्टर्ड गरेको निगमले जनाएको छ। नेपालमा लकडाउनका कारण रोकिएका अष्ट्रेलियाली र न्युजिल्याण्डका नागरिक तथा छुट्टीमा आएका ‘पीआर होल्डर’ नेपाली नागरिकसहित २५० भन्दा बढीलाई दूतावासले जहाज चार्टर्ड गरी लैजान लागेको हो।
यसअघि २४ वैशाखमा निगमको वाइड बडी जहाजले अष्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गरेको थियो। लकडाउनको अवधिमा निगमको वाइड बडी जहाजले पहिलो पटक १९ चैतमा अष्ट्रेलियाको ब्रिसबेनमा चार्टर्ड उडान गरेको थियो।
मलेशियाको क्वालालम्पुर ट्रान्जिट हुँदै अष्ट्रेलियासम्मको ती दुवै उडान क्रमशः करिब १२ र १३ घण्टाको थियो। रासस
" /> काठमाडौं। राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले आज तेस्रो पटक अष्ट्रेलियामा चार्टर्ड उडान गर्दैछ।निगमको वाइड बडी ए ३३० जहाजले अष्ट्रेलियाको राजधानी क्यानबेरामा उडान गर्न लागेको हो। यो नेपालको राजधानी र अष्ट्रेलियाको राजधानी जोड्ने पहिलो उडान हुनेछ ।

">