भारतको महाराष्‍ट्रमा चीनमा भन्दा बढी संक्रमित <p>मुम्बई। भारतको महाराष्&zwj;ट्रमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या चीनमा भन्दा बढी पुगेको छ।</p> <p>यो भाइरसको उद्&zwj;गम देश चीनमा हालसम्म ८४ हजार एक सय ९१ जनामा संक्रमण देखिएको छ। महाराष्&zwj;ट्रमा चीनमा भन्दा एक हजार सात ८४ जना बढी अर्थात् ८५ हजार नौ सय ७५ जनामा संक्रमण देखिएको छ।</p> <p>महाराष्&zwj;ट्रको राजधानी मुम्बईमा मात्र ४८ हजार सात सय ७४ जनामा संक्रमण पाइएको छ।</p> <p>कोभिड-१९ का कारण चीनमा हालसम्म चार हजार ६ सय ३८ जनाको मृत्यु भएको छ। भारतमा त्यसभन्दा ज्यादा अर्थात् करिब सात हजार जनाको मृत्यु भइसकेको छ।</p>
प्रतिक्रिया दिनुहोस्