अनलक-१: भारतमा आजदेखि खुले मल, रेस्टुराँ र धार्मिक स्थल
नयाँदिल्ली। कोरोना भाइरस फैलिन नदिन भारत सरकारले लागू गरेको लकडाउनको अनलक-१ अन्तर्गत् आजदेखि मल, रेस्टुराँ र धार्मिक स्थलहरू आजदेखि खुल्न थालेका छन्।

भारतमा हिजो मात्र नौ हजार नौ सय ७१ नयाँ संक्रमित थपिएका थिए। त्यसका बावजुद सरकारले लकडाउन खुकुलो बनाउँदै लगेको हो।

बीबीसीका अनुसार इटली, स्पेनलगायत मुलुकलाई उछिन्दै भारत कोरोना भाइरसका संक्रमित संख्याका आधारमा संसारको पाँचौं नम्बरमा पुगेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अर्थव्यवस्थालाई पुरानै लयमा फर्काउने प्रयासका रूपमा अनलक-१ घोषणा गरेका थिए। लकडाउनका कारण बेरोजगार बनेका लाखौं मानिस काममा फर्किन सकून् भनेर सरकारले उक्त रणनीति अपनाएको हो।

आजदेखि मल, रेस्टुराँ र धार्मिक स्थलहरू खोल्न सरकारले केही नियम लागू गरेको छ।

केन्टेनमेन्ट जोन घोषणा भएका स्थलहरूमा भने लकडाउन कायमै राखिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्