कोभिड-१९: विश्‍वभर मृतकको संख्या चार लाख नाघ्यो <p>काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट विश्&zwj;वभरमा ज्यान गुमाउनेको संख्या चार लाख नाघेको छ। यससम्बन्धी तथ्यांक पाइने वेबसाइट वर्ल्डोमिटर डट नेटका अनुसार अहिले बिहानसम्ममा चार लाख ६ हजार १२७ जनाको मृत्यु भएको छ।&nbsp;</p> <p>सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा एक लाख १२ हजार ४६९ जनाले ज्यान गुमाएका छन्। सबैभन्दा बढी संक्रमित पनि त्यहीं छन्। आज बिहानसम्ममा संक्रमितको संख्या अमेरिकामा २० लाख सात हजार पुगेको छ।&nbsp;</p> <p>छिमेकी देश भारतमा पनि संक्रमित र मृतकको संख्या दिनदिनै नयाँ नयाँ रेकर्डसहित बढेको छ। त्यहाँ मृतकको संख्या सात हजार २०७ पुगेको छ।&nbsp;<br /> नेपालमा पनि कोभिड-१९ बाट १३ जनाले ज्यान गुमाइसकेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्