जम्मु काश्मीरमा भिडन्तमा चारजना मारिए
समाचार एजेन्सी पीटीआईले स्रोतलाई उद्धृत गर्दै भिडन्तमा तीन जना सुरक्षाकर्मी पनि घाइते भएको जनाएको छ।
हतियारधारी समूहका मानिसहरू लुकेको सूचना पाएपछि सुरक्षाकर्मीले घेरा हालेर नियन्त्रणमा लिने प्रयास गरेका थिए। हतियारधारी व्यक्तिहरूले सुरक्षाकर्मीमाथि फायर गरेपछि 'सर्च अप्रेसन' भिडन्तमा बदलिएको प्रहरीले दावी गरेको छ। ्
घटनास्थल पिन्जोरा २५ जेठ साँझ सुरक्षाकर्मीको कारवाहीमा हतियारधारी समूहका पाँजजना सदस्य मारिएको रेबन गाउँदेखि करिब १२ किलोमिटरको दूरीमा रहेको बताइएको छ।
सैनिक, सेन्ट्रल रिजर्भ पुलिस फोर्स र प्रहरीको संयुक्त समूहले सामूहिक अप्रेसन चलाएको भारतीय मिडियाले उल्लेख गरेका छन्।
प्रतिक्रिया दिनुहोस्