भारतीय अभिनेता चिरञ्जीवी सर्जाको निधन

मुम्बई। भारतीय लोकप्रिय अभिनेता चिरञ्‍जीवी सर्जाको ३९ वर्षको उमेरमा निधन भएको छ।

‘अम्मा आई लभ यु’लगायत २० वटा फिल्ममा उनले मुख्य अभिनेताको भूमिका वहन गरेका थिए।

कर्नाटकाका मुख्यमन्त्री बीएस येदिरुप्पाका अनुसार हृदयाघातका कारण उनको निधन भएको हो।

“लोकप्रिय कन्‍नाडा कलाकार चिरञ्‍जीवी सर्जाको निधनको दुखद् खबर पाउँदा स्तब्ध भएको छु,” मुख्यमन्त्री येदिरुप्पाले हिजो राति ट्विटमा लेखेका छन्, “उनीप्रति हार्दिक श्रद्धाञ्‍जली अर्पण गर्दै परिवारमा यस दुःखको घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै प्रार्थना गर्दछु।”

‘ह्विसल’, ‘वरादानायका’लगायत दक्षिण भारतका चर्चित सिनेमामा उनको अभिनय छ। उनी तमिल अभिनेता अर्जुन सर्जाका भतिजा हुन् भने प्रख्यात अभिनेता शक्ति प्रसादका नाति। उनले सन् २०१८ मा अभिनेत्री मेघना राजसँग विवाह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्