अस्पतालको आइसोलेसनमा एक पुरुषको मृत्यु
<p>काठमाडौं। पोखरामा अस्पतालको आइसोलेसनमा राखिएका एक पुरुषको मृत्यु भएको छ।</p>
<p>मृतक स्याङ्जाको वालिङ नगरपालिकाका ६० वर्षीय पुरुष हुन्।</p>
<p>उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्‍ठानको आइसोलेसनमा राखिएको थियो।</p>
<p>गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले आज बिहान विज्ञप्तिमार्फत उनको मृत्युको पुष्‍टि गरेका हुन्। मृत्युको कारण भने विज्ञप्तिमा खुलाइएको छैन।</p>
प्रतिक्रिया दिनुहोस्
