एशिया, अफ्रिका र युरोपका ५० भन्दा बढी मुलुकमा यो भाइरस पुगिसकेको छ। यस भाइरसबाट हुने मृत्युदर ६० प्रतिशत छ। सन् २०१३ र २०१७ को बीचमा एक हजार पाँच सय ६५ जनामा यसको संक्रमण देखिएको थियो। तीमध्ये ३९ प्रतिशतको मृत्यु भएको थियो।
सार्स
सार्स-कोभिड एक प्रकारको कोरोना भाइरस नै हो। सन् २००२ मा पत्ता लागेको यो भाइरस चमेराबाट मानिसमा सरेको मानिन्छ। चीनको ग्वान्जाऊ प्रान्तमा पहिलोपटक यो भाइरसको संक्रमण देखिएको थियो।
सन् २००३ मा २६ वटा मुलुकमा आठ हजारभन्दा बढीमा यसको संक्रमण देखिएको थियो। त्यसयता संक्रमण कमै देखिएको छ।
यो भाइरसको संक्रमण मानिसबाट मानिसमा सर्ने गर्छ। स्वास्थ्य केन्द्रहरूमै यसको संक्रमण एकअर्कामा सरेको धेरै पाइएको छ।
यसविरुद्ध सावधानी अपनाउन थालिएपछि सन् २००३ यता संक्रमण कम भएको छ। आठ हजार चार सय जनामा संक्रमण देखिएकामा नौ सय १६ को मृत्यु भएको थियो। यसको मृत्युदर करिब ११ प्रतिशत छ।
मर्स
मर्स-कोभिड पनि एक प्रकारको कोरोना भाइरस हो। सन् २०१२ मा यसको पहिलो संक्रमण पाइएको थियो। यसबाट मर्स नामक बिमारी हुने गर्छ। नोभेम्बर २०१९ सम्ममा यस भाइरसबाट दुई हजार चार सय ९४ जना संक्रमित भएका थिए। तीमध्ये आठ सय ६८ जनाको मृत्यु भयो।
साउदी अरेबियामा पहिलोपटक देखिएको यो भाइरस हालसम्म २७ वटा मुलुकमा फैलिइसकेको छ। तीमध्ये १२ मुलुक मध्यपूर्वका छन्।
यो भाइरसको संक्रमण जनावरबाट मानिसमा हुने गर्छ। अरबी ऊँटलाई यस भाइरसको मुख्य स्रोत मानिएको छ। मर्स र सार्स दुवै भाइरसबाट स्थिति नियन्त्रणमा आएपछि तत्काललाई खोप बनाउने काम रोकिएको छ।
"> कोरोना मात्र होइन, यी चारवटा भाइरसको छैन खोप: Dekhapadhi
कोरोना मात्र होइन, यी चारवटा भाइरसको छैन खोप
एचआईभी
यो भाइरसको बारेमा जानकारी प्राप्त भएको ३० वर्षभन्दा बढी भयो। यही भाइरसले मानिसमा एड्स रोग लगाउँछ। यो भाइरसले हालसम्म तीन करोड २० लाख मानिसको मृत्यु भइसकेको छ।
यौन सम्बन्ध नै एचआईभी संक्रमणको मुख्य कारण भएकाले मानिसको यौन जीवनमा यस भाइरसले परिवर्तन ल्याएको छ। जो यौन सम्पर्कमा सावधानी अपनाउँछन्, उनीहरू यस भाइरसको संक्रमणबाट मुक्त रहन्छन्। जो असुरक्षित र स्वच्छन्द यौन सम्बन्ध बनाउँछन्, उनीहरू एचआईभी भाइरसको शिकार बन्छन्।
हालै स्टेम सेलको सहायताबाट एचआईभी संक्रमितको उपचार गर्ने प्रयास थालिएको छ। तर, उक्त विधि जोखिमपूर्ण रहेको वैज्ञानिकहरूले चेतावनी दिएका छन्।
एभियन इन्फ्लुएन्जा
सन् १९९० को दशकको अन्तिमतिर देखिएको एभियन इन्फ्लुएन्जाको पनि कुनै खोप तयार हुन सकेको छैन। चराको बिस्टाबाट मानिसमा यो भाइरसको संक्रमण हुने गर्छ। पहिलोपटक सन् १९९७ मा हङकङमा यो भाइरस फेला परेको थियो। यसलाई ‘एच ५ एन १’ नाम दिएका छन्, वैज्ञानिकहरूले।
एशिया, अफ्रिका र युरोपका ५० भन्दा बढी मुलुकमा यो भाइरस पुगिसकेको छ। यस भाइरसबाट हुने मृत्युदर ६० प्रतिशत छ। सन् २०१३ र २०१७ को बीचमा एक हजार पाँच सय ६५ जनामा यसको संक्रमण देखिएको थियो। तीमध्ये ३९ प्रतिशतको मृत्यु भएको थियो।
सार्स
सार्स-कोभिड एक प्रकारको कोरोना भाइरस नै हो। सन् २००२ मा पत्ता लागेको यो भाइरस चमेराबाट मानिसमा सरेको मानिन्छ। चीनको ग्वान्जाऊ प्रान्तमा पहिलोपटक यो भाइरसको संक्रमण देखिएको थियो।
सन् २००३ मा २६ वटा मुलुकमा आठ हजारभन्दा बढीमा यसको संक्रमण देखिएको थियो। त्यसयता संक्रमण कमै देखिएको छ।
यो भाइरसको संक्रमण मानिसबाट मानिसमा सर्ने गर्छ। स्वास्थ्य केन्द्रहरूमै यसको संक्रमण एकअर्कामा सरेको धेरै पाइएको छ।
यसविरुद्ध सावधानी अपनाउन थालिएपछि सन् २००३ यता संक्रमण कम भएको छ। आठ हजार चार सय जनामा संक्रमण देखिएकामा नौ सय १६ को मृत्यु भएको थियो। यसको मृत्युदर करिब ११ प्रतिशत छ।
मर्स
मर्स-कोभिड पनि एक प्रकारको कोरोना भाइरस हो। सन् २०१२ मा यसको पहिलो संक्रमण पाइएको थियो। यसबाट मर्स नामक बिमारी हुने गर्छ। नोभेम्बर २०१९ सम्ममा यस भाइरसबाट दुई हजार चार सय ९४ जना संक्रमित भएका थिए। तीमध्ये आठ सय ६८ जनाको मृत्यु भयो।
साउदी अरेबियामा पहिलोपटक देखिएको यो भाइरस हालसम्म २७ वटा मुलुकमा फैलिइसकेको छ। तीमध्ये १२ मुलुक मध्यपूर्वका छन्।
यो भाइरसको संक्रमण जनावरबाट मानिसमा हुने गर्छ। अरबी ऊँटलाई यस भाइरसको मुख्य स्रोत मानिएको छ। मर्स र सार्स दुवै भाइरसबाट स्थिति नियन्त्रणमा आएपछि तत्काललाई खोप बनाउने काम रोकिएको छ।
प्रतिक्रिया दिनुहोस्