संसारकै सानो मुलुक भ्याटिकन सिटी कोरोना संक्रमणमुक्त
<p>भ्याटिकन सिटी। संसारको सबैभन्दा सानो मुलुक भ्याटिकन सिटीले कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको घोषणा गरेको छ।</p>
<p>“देशका अन्तिम संक्रमितको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ,” भ्याटिकन सिटीका आधिकारिक प्रेस प्रमुखले भने, “अब देशमा एकजना पनि कोभिड-१९ का बिरामी छैनन्।”</p>
<p>बीबीसीका अनुसार भ्याटिकन सिटीमा मे पहिलो सातासम्ममा कोरोना संक्रमित संख्या १२ थियो। ती सबै उपचारपछि घर फर्किसकेका छन्। कोभिड-१९ को महामारीबाट यो मुलुकमा मृत्यु संख्या शून्य छ।</p>
<p>तर, अझै पनि सावधानी अपनाइरहन पोप फ्रान्सिसले आग्रह गरेका छन्। “कोरोना भाइरसलाई जित्‍न हतारो गर्नु हुँदैन,” उनले भनेका छन्, “सबैले आ-आफ्नो व्यक्तिगत स्वास्थ्य सुरक्षालाई निरन्तर ध्यानमा राख्नु आवश्यक छ।”</p>
प्रतिक्रिया दिनुहोस्
