चितवन। कोभिड-१९ को संक्रमण बढिरहेको समयमा चितवन मेडिकल कलेजले स्थापना गरेको पीसीआर परीक्षण प्रयोगशाला सरकारलाई प्रयाेगका लागि दिन तयार रहेको जनाएको छ।
एक वर्षदेखि काम थालेर हाल प्रयोगशाला सञ्चालनको तयारी अवस्थामा पुगेको छ।
कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले आफूहरूसँग जनशक्ति र प्रयोगशाला तयारी भएको भन्दै सरकारलाई दिन तयार रहेको पत्र दिइसकेको बताए।
उनका अनुसार केही दिनअघि स्वास्थ्य मन्त्रालयलाई कलेजले प्रयोगशाला दिन तयार रहेको पत्र पठाएको छ। कलेजमा प्रयोगशालामा काम गर्न सक्ने सातजना अनुभवी जनशक्ति छन्। कलेजका जनशक्तिले भरतपुर कोभिड-१९ प्रयोगशाला शुरुआतीमा काम गरेका थिए।
हाल पनि कलेजकै दुईजना जनशक्ति प्रयोगशालामा छन्। न्यौपानेले अहिलेको संकटको समयमा सामाजिक उत्तरदायित्व बहन गर्दै सरकारलाई सहयोग गर्ने प्रस्ताव आफूले गरेको जानकारी दिए।
कलेजले अनुमति पाएमा परीक्षण गर्न सक्ने भए पनि सरकारी तवरबाटै प्रयोगशाला सञ्चालन गर्न उपयुक्त हुने आफ्नो सुझाव रहेको उनले बताए।
यस प्रयोगशालामा दैनिक २०० भन्दा बढी नमूनाको परीक्षण गर्न सकिने उनको भनाइ छ। रासस
" /> चितवन। कोभिड-१९ को संक्रमण बढिरहेको समयमा चितवन मेडिकल कलेजले स्थापना गरेको पीसीआर परीक्षण प्रयोगशाला सरकारलाई प्रयाेगका लागि दिन तयार रहेको जनाएको छ।एक वर्षदेखि काम थालेर हाल प्रयोगशाला सञ्चालनको तयारी अवस्थामा पुगेको छ।

">