काठमाडौं। कोरोना भाइरस संक्रमितको संख्या बढ्दै जान थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक समिति गठन गरेको छ।
मन्त्रालयका गुणस्तर तथा नियमन महाशाखाका प्रमुख डा. विकास देवकोटाको संयोजकत्वमा गठित समितिले क्वारेन्टाइन, आइसोलेसन, देशभरका अस्पतालको तयारी अवस्था लगायतका विषयमा अनुगमन गर्नेछ।
सबै किसिमका अस्पतालबाट के कस्ता सेवा सञ्चालन भएका छन्, कस्ता सेवा सञ्चालन हुनुपर्थ्यो, र किन सञ्चालन भएका छैनन्् भन्ने विषयमा समितिले अनुगमन गर्नेछ।
कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर, नेपाल मेडिक काउन्सिल, नेपाल चिकित्सक संघ, निजी अस्पतालको छाता संगठनका प्रतिनिधि समेत रहने गरी टीम गठन गरिएको डा. देवकोटाले बताए।
उनले अस्पतालले अब के कस्ता सेवा सञ्चालन गर्नुपर्छ भन्ने लगायतका विषयमा अनुगमन, सुरक्षाको व्यवस्थापन र नियमन गर्ने उद्देश्य राखेर समिति गठन भएको बताए।
समितिले देशभरका अस्पतालमा कोभिड–१९ संक्रमितको उपचार र व्यवस्थापनमा हुनुपर्ने र भएका सेवामा तालमेल मिलाउने काम गर्नेछ।
क्वारेन्टाइन र आइसोलेसन व्यवस्थित नभएका, कोभिड-१९ संक्रमितको उपचारमा लापरबाही भएका गुनासो आएपछि मन्त्रालयले समिति गठन गरेको हो।
" /> काठमाडौं। कोरोना भाइरस संक्रमितको संख्या बढ्दै जान थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक समिति गठन गरेको छ।मन्त्रालयका गुणस्तर तथा नियमन महाशाखाका प्रमुख डा. विकास देवकोटाको संयोजकत्वमा गठित समितिले क्वारेन्टाइन, आइसोलेसन, देशभरका अस्पतालको तयारी अवस्था लगायतका विषयमा अनुगमन गर्नेछ।

">