काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताको जिम्मेवारी हेरफेर भएको छ।
हाल प्रवक्ताको रूपमा रहेका डा. विकास देवकोटालाई मन्त्रालयको गुणस्तर तथा नियमन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको भने डा. जागेश्वर गौतमलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ।
परोपकार प्रसूती गृह थापाथलीको निर्देशकका रूपमा कार्यरत डा. गौतमको २२ जेठमा मन्त्रालय सरुवा भएको थियो।
डा. देवकोटाले हरेक दिन दिउँसो ४ बजे मन्त्रालयको तर्फबाट कोभिड-१९ अपडेट ‘लाइभ ब्रिफिङ’ गर्दै आएका थिए।
प्रवक्ताताको रूपमा आज अन्तिम दिन लाइभ भिडिओ ब्रिफिङ गरेका डा. देवकोटाले सबैलाई धन्यवाद दिएका छन्।
उनले गएको ११ चैतदेखि ‘लाइभ ब्रिफिङ’ गर्दै आएका थिए।
मन्त्रालयले २२ जेठमा स्वास्थ्य सेवा विभागका महानिर्देशकको समेत सरुवा गरेको थियो।
विभागका महानिर्देशक रहेका डा. महेन्द्रप्रसाद श्रेष्ठलाई मन्त्रालय तानेर उनको ठाउँमा डा. दीपेन्द्ररमण सिंहलाई पठाइएको थियो।
डा. श्रेष्ठलाई अहिले कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) मा काजमा जिम्मेवारी दिइएको छ।
त्यस्तै, सोही दिन व्यवस्थापन महाशाखाका डा. भोगेन्द्र डोटेललाई मन्त्रालय तानेर रमेशप्रसाद खरेललाई पठाइएको थियो। परोपकार प्रसूती गृह थापाथलीको निर्देशका रूपमा डा.संगीता कौशललाई सरुवा गरिएको थियो।
केहीदिन अघि मात्रै सरकारले स्वास्थ्य मन्त्रालयका सचिव यादवराज कोइरालाको प्रधानमन्त्री कार्यालयमा सरुवा गरेर उनको ठाउँमा लक्ष्मण अर्याललाई पठाएको थियो।
" /> काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताको जिम्मेवारी हेरफेर भएको छ।हाल प्रवक्ताको रूपमा रहेका डा. विकास देवकोटालाई मन्त्रालयको गुणस्तर तथा नियमन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको भने डा. जागेश्वर गौतमलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ।

">