काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय (सवारी) कोशीका तत्कालीन कार्यालय प्रमुख नयराज नेपालसहित १७ जनाविरुद्ध राजस्व रकम हिनामिना गरेको आरोपमा मुद्दा दर्ता गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा १७ जनाविरुद्ध ४१ करोड ९० लाख ५० हजार ४३० रूपैयाँ बिगो कायम गरी मुद्दा दर्ता गरेको हो।
नागरिक समाज इटहरीले दिएको उजुरीको आधारमा अख्तियारले अनुसन्धान शुरू गरेको थियो।
आर्थिक वर्ष २०७३/०७४ को २०७३ चैतदेखी २०७४ असार मसान्तसम्मको अनुसन्धान हुँदा उपलब्ध भएका तथ्यगत विवरण, प्रमाण कागजको आधारमा उनीहरूले सेवाग्राहीहरूबाट संकलित राजस्व सम्बन्धित राजस्व खातामा दाखिला नगरी हिनामिना गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए।
उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद सजाय र जरिवाना एवं बिगो असुल गर्न मागदाबी गरिएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उक्त कार्यालयका कर्मचारीहरू मध्ये चारजना कम्प्युटर अपरेटरलाई सबैभन्दा बढी बिगो कायम गरेकाे छ। जसमा कम्प्युटर अपरेटर रोशन मगर, रमेश पौडेल, भूमिराज अधिकारी र हरिमदन ढुङ्गेललाई जनही पाँच करोड ९४ लाख ९८ हजार ९३१ रूपैयाँ बिगो असुल गर्न माग दाबी गरिएको छ।
त्यसैगरी, तत्कालीन कार्यालय प्रमुखहरू तीर्थराज लम्साललाई तीन करोड ३० लाख ७९ हजार ३७३, अर्का कार्यालय प्रमुख नयनराज नेपाललाई एक करोड आठ लाख २९ हजार ६९ रूपैयाँ बिगो असुल माग गरिएको छ।
त्यसैगरी, गोपाल थपलियासँग एक करोड ३० लाख ७२ हजार १५३ रूपैयाँ, भूपेन्द्र राईसँग ५६ लाख १२ हजार ५४७ रूपैयाँ बिगो असुल माग गरेर मुद्दा दर्ता गरिएको छ। उनीहरू विभिन्न समयमा यातायात व्यवस्था कार्यालय कोशीमा कार्यालय प्रमुख भएर काम गरेका थिए।
उक्त कार्यालयका तत्कालीन लेखा अधिकृत टीकाराम अधिकारीसँग एक करोड २५ लाख ४८ हजार ६ रूपैयाँ, विभिन्न समयमा लेखापालहरू सुशेर अधिकारीसँग तीन करोड ७२ लाख ४४ हजार ७५५ रूपैयाँ, रुद्रप्रसाद दाहालसँग तीन करोड ४८ लाख ९३ हजार २१६ रूपैयाँ, अर्जुन भट्टराइसँग दुई करोड १७ लाख ३२ हजार ४७३ रूपैयाँ र कृष्णप्रसाद कट्टेलसँग ७३ लाख ६२ हजार ४५५ रूपैयाँ बिगो माग दाबीी गरेर मुद्दा दर्ता गरिएको छ।
" /> काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय (सवारी) कोशीका तत्कालीन कार्यालय प्रमुख नयराज नेपालसहित १७ जनाविरुद्ध राजस्व रकम हिनामिना गरेको आरोपमा मुद्दा दर्ता गरेको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा १७ जनाविरुद्ध ४१ करोड ९० लाख ५० हजार ४३० रूपैयाँ बिगो कायम गरी मुद्दा दर्ता गरेको हो।

">