सरकारकाे बदनाम गर्नेहरूकाे प्रतिवाद गर्नुहाेस्: दाहाल <p>काठमाडौं ।&nbsp;नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारलाई बदनाम गराउन खोज्ने तत्वहरू सक्रिय रहेकाे बताएका छन्। त्यसलाई चिर्दै सरकार विकास र समृद्धिमा निरन्तर अगाडि बढ्ने बताउँदै उनले त्यसकाे प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन पनि दिएका छन् ।&nbsp;</p> <p>आज नेवाः मुक्ति मोर्चा नेपालले आयोजना गरेको मध्यपुरथिमिस्थित शङ्खधर साख्वाः को शालिकमा माल्यापर्ण एवंं शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, &ldquo;अहिले नेकपालाई र वर्तमान सरकारलाई बदनाम गराउने र विवाद उत्पन्न गराउने तत्व सक्रिय भइरहेका छन्, त्यस्ता तत्वलाई चिर्दै पार्टी र सरकार निरन्तर देशको विकास र समृद्धिमा लागिरहने छ ।&rdquo;</p> <p>उनले सरकार पटक&ndash;पटक फेरिने प्रक्रियाको अब अन्त्य हुने बताउँदै मुलुक राजनीतिक स्थायित्वका साथै विकास र समृद्धिमा अगाडि बढेको दावी गरे । उनले&nbsp;सामाजिक न्याय स्थापना गर्ने अभियानमा सरकार सक्रिय रहेको चर्चा गर्दै सामाजिक रूपान्तरण हुने प्रक्रिया अगाडि बढिरहेको बताए ।&nbsp;</p> <p>अध्यक्ष दाहालले नेपाल संंवतलाई नेवारहरूको मात्र संवत् हो भन्ने सन्देश दिएर अगाडि जान नहुनेमा सचेत गराउँदै यसलाई साझा संंवतका&nbsp;रूपमा लैजानुपर्ने बताए । आफू प्रधानमन्त्री हुँदा नेपाल संवतलाई राष्ट्रिय संवतकाे&nbsp;रूपमा घोषणा गरेको तर व्यवहारमा अझै प्रभावकारी नभएको बताउँदै दाहालले&nbsp;शङ्खधर साख्वाःबाट प्रेरित भई आफू प्रधानमन्त्री हुँदा किसानको&nbsp;३० हजार रूपैयाँ&nbsp;ऋण मिनाहा गरिदिएकोसमेत दावी गरे ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्