कीर्तिपुरमा घरेलु कौसी खेतीको प्रवर्द्धन
काठमाडौं। कीर्तिपुर नगरपालिका-९ मा घरेलु कौसी खेतीलाई प्रवर्द्धन गर्न थालिएको छ।

कोभिड–१९ महामारीले निकट भविष्यमा खाद्य संकट निम्त्याउन सक्ने भन्दै वडा कार्यालयले तरकारीमा आत्मनिर्भर हुन वडावासीलाई आह्वान गरेको छ।

कार्यालयले तरकारीको बेर्ना प्रतिगोटा दुई रूपैयाँका दरले उपलब्ध भएकाले चाहिने जति सम्पर्क गरेर लैजान अनुरोधसमेत गरेको छ।

कार्यालयका अनुसार भान्टा, काउली, तीते करेला, अकबरे खुर्सानी, बन्दा र भेडे खुर्सानीका बेर्ना उपलब्ध छन्।

प्रतिक्रिया दिनुहोस्