काठमाडौं। नेपालमा आज १०२ जनाका कोरोनामुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटका अनुसार आज १०० पुरुष र दुई महिला कोरोनामुक्त भएका हुन्।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट झापाका १२ जना डिस्चार्ज भएका छन्। उनीहरू १० दिनमा कोरोनामुक्त भएका हुन्।
यस्तै, बाराको कलैया अस्पताल बाराका ३४ जना कोरोनामुक्त भएर घर फर्किएका छन्। उनीहरू ९ देखि ११ दिनमा डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बताए।
यस्तै, काठमाडौंको सशस्त्र प्रहरी अस्पताल बलम्बुबाट महोत्तरीका एकजना ९ दिनमा कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्।
डा. देवकोटाका अनुसार बुटवलको कोरोना विशेष अस्पतालबाट रूपन्देही र कपिलवस्तुका २७ जना कोरोनामुक्त भएका छन्। उनीहरू १३ देखि २७ दिनमा डिस्चार्ज भए।
यसैगरी, कोरोना विशेष अस्पताल बेल्झुण्डी दाङ बाट बाँके, दाङ, बर्दिया र कपिलवस्तुका १० जना डिस्चार्ज भएका छन्। उनीहरू १५ देखि २३ दिनमा कोरोनामुक्त भएका हुन्।
रौतहटको गौर गौर नर्सिङ सेन्टरबाट रौतहटका १८ अस्पताल बसाइँको २०औँ दिनमा कोरोनामुक्त भएर घर फर्किएका मन्त्रालयले जनाएको छ।
देशभर संक्रमितको संख्या ३ हजार ४४८ पुग्दा कोरोनामुक्त हुनेको संख्या ४६७ रहेको छ। जसमा ३९९ पुरुष र ६८ जना महिला रहेका मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा ९१, प्रदेश २ मा १८६, बागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा ३, प्रदेश ५ मा १३३, कर्णाली प्रदेशमा ९ र सुदूरपश्चिममा १३ जना संक्रमित कोरोनामुक्त भएका छन्।
मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा १३ जनाको कोभिड–१९ बाट मृत्यु भएको छ।
" /> काठमाडौं। नेपालमा आज १०२ जनाका कोरोनामुक्त भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटका अनुसार आज १०० पुरुष र दुई महिला कोरोनामुक्त भएका हुन्।

">