काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा २१३ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसहित नेपालमा संक्रमितको संख्या तीन हजार ४४८ पुगेको छ।
आज प्रदेश ५ को रोल्पामा पहिलोपटक संक्रमित देखिएका छन्। अब नेपालमा ७१ जिल्लामा संक्रमण पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार अहिलेसम्म तीन हजार २१२ पुरुष र २३६ महिला संक्रमित भएका छन्।
प्रदेश १ मा २५९, प्रदेश २ मा एक हजार १६१, बागमती प्रदेशमा ९२, गण्डकी प्रदेशमा १११, प्रदेश ५ मा एक हजार ८१, कर्णाली प्रदेशमा ६३३ र सुदूरपश्चिम १११ जना संक्रमित भेटिएका छन्।
" /> काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा २१३ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

">