काठमाडौं। समशुद्धिनले ४० वर्षदेखि पर्यटक गाइडको रूपमा काम गर्दै आएका छन्। उनले विश्वका ४० जना चर्चित व्यक्तित्वलाई ताजमहल घुमाए। तिनमा बेलायती राजकुमारी डायना पनि थिइन्।
अहिले विश्वव्यापी महामारी बनेको कोभिड–१९ का कारण उनको काम पहिले जस्तो रहेको छैन। विश्व स्वास्थ्य संगठनले अझ केही समय कोरोना भाइरससँगै बाँच्नुपर्ने बताएको छ। यस्तोमा पर्यटन व्यवसाय पूर्णरूपमा परिवर्तन हुने समशुद्धिनको विश्वास छ।
लकडाउन खुकुलो भएपछि पनि महिनौं वा वर्षौंसम्म पर्यटन व्यवसाय प्रभावित हुन सक्ने उनी बताउँछन्। अब पर्यटकको व्यवहार पनि पहिलेजस्तो हुने छैन। मानिसहरू समूहमा नभई एक्लै वा जोडी मात्रै घुम्नेछन्। उनी भन्छन्, “भविष्यमा ताजमहल अगाडि मास्क लगाएर सेल्फी खिच्दै गरेका मानिसहरू प्रशस्तै देखिनेछन्।”
अब ऐतिहासिक पर्यटकीयस्थलमा मास्क लगाएर मात्रै जान पाउने नियम लागू हुने सम्भावना छ। सबै ठाउँमा सामाजिक दूरी पालना गर्नु अनिवार्य हुन सक्छ। त्यसो गर्दा पर्यटकीयस्थलमा घुम्ने पर्यटकको संख्या सीमित हुन सक्नेछ।

हवाई यात्रा
‘इन्टरनेशनल एअर टान्सपोर्ट एशाेसिएसन’ (आईटीए) ले ‘बायोसिक्युरिटी फर एयर ट्रान्सपोर्ट : ए रोडम्याप फर स्टार्टिङ एभिएसन’ जारी गरेको छ।
यसमा अन्तर्राष्ट्रिय उडान गर्ने यात्रुहरूको सुरक्षामा विशेष ध्यान दिइएको हवाई यात्रासँग जोडिएका विभिन्न पक्ष विश्लेषण गर्दै आएका अश्विनी फड्निस बताउँछन्।
भारतको नागरिक उड्डयनसँग सम्बन्धित मन्त्रालयले पनि यस्तै एउटा प्रोटोकल बनाउँदै छ।
विदेशका विमानस्थलमा यात्रुहरूको ‘स्क्रिनिङ’ का लागि छुट्टै कम्प्युटरहरू जडान गरिएको छ। अब एअरपोर्टका अधिकारीहरू यात्रुहरूको नजिक पुगेर उनीहरूको शरीर जाँच गर्नुपर्ने छैन। यात्रुहरूले अब आफैं ‘चेक–इन’ गर्नुपर्नेछ। अश्विनी फड्निस भन्छन्, “केही उडानहरूमा यात्रुले एअरहोस्टेसको हँसिलो अनुहार देख्ने छैनन्। किनकी केही एअरलाइन्स कम्पनीहरू आफ्नो चालक दलका सदस्यहरूका लागि पीपीई अनिवार्य गर्ने सोच बनाउँदै छन्।”
तर, अहिले नै भने जहाजका बीचका सीटहरू खाली भइरहेका छन्। भारतमा अदालतले समेत आदेश गरिसकेको यो नियम धेरै अन्तर्राष्ट्रिय उडानहरूमा पछ्याइएको छ। जसमा एमिरेट्स र एअर कतार समावेश छन्।

उडान प्रोटोकल निरन्तर परिवर्तन हुँदैछ। आउने हप्ताहरू र महीनाहरूमा नयाँ प्रोटोकल देख्न पाइने छ। अन्तर्राष्ट्रिय उडानहरूले भन्दा ठूलो चुनौती आन्तरिक उडानहरूले सामना गर्नुपर्नेछ, किनभने विभिन्न राज्यहरूका आफ्नै प्रोटोकल हुनेछन्।
१४ दिन क्वारेन्टाइन बस्नुपर्ने नियम लकडाउन सकिएको महीनौं पछिसम्म पनि जारी हुन सक्छ।
आईएटीएको निर्देशनअनुसार आउँदा कैयौं महीनाहरूमा विमानभित्र सबै यात्रुहरूले आफ्नो अनुहार छोप्नुपर्ने हुन सक्छ। यात्रु र चालक दलका सदस्यहरूबीच सम्पर्क कम गर्न क्याटरिङ सेवामा पनि कटौती हुन सक्छ।
रेल यात्रा
आउँदा दिनमा रेलमा यात्रा गर्न धेरै गाह्रो हुन सक्छ। पर्याप्त शारीरिक दूरी कायम गर्न रेलको डिब्बा र प्लेटफर्ममा सीमित संख्याका यात्रुहरूलाई मात्र अनुमति दिइनेछ।
डिब्बाको भित्री संरचनामा लाइन लाग्न नपर्ने गरी शौचालय खाली राखिनेछ। खाना पकाउने सेवा जारी रहने वा नरहने भन्ने विषय अहिले नै टुंगिएको छैन। अवस्था कस्तो आउन सक्छ भने हामी आढ्ने/ओछ्याउने कपडा र खाना घरबाटै लिएर हिँड्ने पुरानाे समयमा पुग्न सक्छौँ।
फडनीस भन्छन्, “रेलवे स्टेशन अब विमानस्थल जस्ता हुनेछन्। त्यहाँ पनि प्रोटोकल पछ्याउनुपर्नेछ। रेल गुड्नुभन्दा चार घण्टा अघि स्टेशन पुग्नुपर्ने हुन सक्छ। विमानस्थलका जस्तै ‘स्क्रिनिङ’ का प्रक्रियाहरू पार गर्नुपर्ने हुन सक्छ।”
राजमार्ग
देशको हरेक कुनासम्म सामान र यात्रु पुर्याउन राष्ट्रिय राजमार्गहरूको महत्त्वपूर्ण भूमिका छ।
खासगरी भारतका राजमार्ग छेउछाउमा बनाइएका ढावामा धेरै मानिसको ‘क्रेज’ थियो। ठूला शहरमा बस्ने मानिसहरू पनि यी ढावाप्रति आकर्षित थिए। आउने दिनहरू धेरै अर्थमा भिन्न हुनेछन्।

सामाजिक दूरी कायम गर्नुपर्ने कारणले धेरै प्रकारका प्रतिबन्धलाई निरन्तरता दिनुपर्नेछ।
भारतको सडक यातायात संघका अध्यक्ष राजीव अरोडा भन्छन्, “तपाईंले एक कप चिया अर्डर गर्नुभयो भने वेटरले ल्याइदिनुको सट्टा तपाईंलाई काठको लामो लठ्ठीले चिया दिन सक्छन्। राजमार्गको जिन्दगी पहिलेको जस्तो हुने छैन। ढावा मालिकहरूले ट्रक चालक, कर्मचारी र आम सर्वसाधारणका लागि छुट्टै व्यवस्था गर्नुपर्नेछ।”
महानगरको जिन्दगी
अनुज दयाल दिल्ली मेट्रो रेल कर्पाेरेशनका प्रवक्ता हुन्। उनीहरूले मेट्रो सेवा फेरी कसरी सञ्चालन गर्ने भन्ने योजनामा काम गरिरहेका छन्।
बीबीसी हिन्दीसँग कुरा गर्दै उनले भने, “यात्रुलाई एउटा सिट छाडेर बस्न भनिनेछ, केहीले उभिएरै यात्रा गर्नेछन्।”

अब विमानस्थलमा जस्तै प्रोटोकल मेट्रोमा प्रवेश गर्दा पनि पालना गर्नुपर्नेछ। शारीरिक दूरी कायम गर्नु अनिवार्य हुनेछ। थर्मल स्क्रिनिङ अनिवार्य हुनेछ।
यी परिवर्तनहरूका कारण मेट्रो संख्या बढाउनुपर्ने छ।
यात्रा बीमा
बीमा व्यवसाय समूह दुबईका महासचिव अफताब हसनका अुनसार आगामी समयमा यात्रा बीमा यात्राको एक हिस्सा हुनेछ।
उनी भन्छन्, “कोरोना महामारीपछिको संसारमा धेरै परिवर्तन हुनेछ। काम वा छुट्टी जे मा जाँदा पनि बीमा यात्राको महत्त्वपूर्ण हिस्सा हुन गइरहेको छ।”

सामान्यतया यात्रा बीमाले महामारीलाई समेट्दैन। त्यसका लागि थप शुल्क तिर्नुपर्नेछ। हसन भन्छन्, “तर महामारीलाई समेत यात्रा बीमामा समेट्ने दिन टाढा छैन।”
पर्यटक गाइड समशुद्धिनका अनुसार यस्तो भविष्यबारे कसैले कल्पना नै गरेका थिएनन्। उनी भन्छन्, “समयमा भ्याक्सिन बनेन भने यात्रीहरूको लागि धेरै कुरा बदलिनेछन्। भ्याक्सिन बन्यो भने छिटै नै हाम्रो जिन्दगी पहिलेजस्तो हुन पनि सक्नेछ।”
बीबीसी हिन्दीबाट भावानुवाद।
" /> काठमाडौं। समशुद्धिनले ४० वर्षदेखि पर्यटक गाइडको रूपमा काम गर्दै आएका छन्। उनले विश्वका ४० जना चर्चित व्यक्तित्वलाई ताजमहल घुमाए। तिनमा बेलायती राजकुमारी डायना पनि थिइन्।

">