काठमाडौं। आजदेखि तीन दिन कन्काई, कोशी, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने नेपाल बाढी सूचनाले जनाएको छ। तर, बाढीको जोखिम भने नभएको बताइएको छ।
आज बेलुकापछि ईलाम, ओखलढुङगा, रामेछाप, सिन्धुली, मकवानपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, र आसपास भई बहने केही साना नदीमा बहाव केहि बढ्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको मौसममा अहिले स्थानीय वायु, पश्चिमी वायु र भारतको पूर्वी उत्तर प्रदेश तथा विहारको निम्न चापीय वायुको प्रभाव रहेको छ।
" /> काठमाडौं। आजदेखि तीन दिन कन्काई, कोशी, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने नेपाल बाढी सूचनाले जनाएको छ। तर, बाढीको जोखिम भने नभएको बताइएको छ।आज बेलुकापछि ईलाम, ओखलढुङगा, रामेछाप, सिन्धुली, मकवानपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, र आसपास भई बहने केही साना नदीमा बहाव केहि बढ्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको मौसममा अहिले स्थानीय वायु, पश्चिमी वायु र भारतको पूर्वी उत्तर प्रदेश तथा विहारको निम्न चापीय वायुको प्रभाव रहेको छ।
">