विराटनगर। प्रदेश १ बाट कोरोनामुक्त भएर थप १२ जना डिस्चार्ज भएका छन्। हिजै ७ जना संक्रमित थपिएका छन्।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा रहेकामध्ये झापाका १२ जनालाई हिजो डिस्चार्ज गरिएको हो। यो सँगै यस प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ९० पुगेको छ।
हिजै मोरङको बुढीगंगा गाउँपालिका र सुनबर्सी नगरपालिकाका एक/एक जना, सुनसरीको धरानका एकजना र भाोक्राहा नरसिंह गाउँपालिकाका चारजना गरी सातजना संक्रमित थपिएका छन्।
विराटनगरस्थित कोशी र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा कोभिड-१९ पुष्टि भएको प्रदेश कोभिड-१९ सचिवालयले जनाएको छ।
प्रदेश १ मा अहिलेसम्म कूल संक्रमित २४७ पुगेका छन्।
अहिलेसम्म यस प्रदेशमा झण्डै ११ हजार जनाको पीसीआर र १३ हजारको आरडीटी परीक्षण गरिएको छ।
" /> विराटनगर। प्रदेश १ बाट कोरोनामुक्त भएर थप १२ जना डिस्चार्ज भएका छन्। हिजै ७ जना संक्रमित थपिएका छन्।वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा रहेकामध्ये झापाका १२ जनालाई हिजो डिस्चार्ज गरिएको हो। यो सँगै यस प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ९० पुगेको छ।

">