काठमाडौं। नेपालमा कोरोना भाइरसको संक्रमण ७० जिल्लामा विस्तार भएको छ। अब संक्रमण नदेखिएका जिल्ला सात मात्र बाँकी छन्। संक्रमित नभेटिएका जिल्लामा प्रदेश १ का इलाम तथा ओखलढुंगा रहेका छन्।
यसैगरी, बागमती प्रदेशको रसुवा, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ, प्रदेश ५ को रोल्पा तथा कर्णाली प्रदेशको रुकुम पश्चिममा संक्रमित भेटिएका छैनन्।
सुदूरपश्चिमका ९ वटै जिल्ला, कर्णाली प्रदेशका ९, प्रदेश ५ का ११, गण्डकी प्रदेशका ९, बागमती प्रदेशका १२, प्रदेश २ का सबै ८ जिल्ला र प्रदेश १ का १२ जिल्लामा संक्रमित भेटिएका छन्।
देशभर संक्रमितको संख्या ३ हजार २३९ पुगेको छ। यसमा आज साँझ सुदूरपश्चिममा थपिएका चारजनालाई समेत गणना गरिएको छ। जसलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरिसकेको छैन।
धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणबाट कैलालीको गौरीगंगा नगरपालिकाका १६, १८, २७ र ३० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको थियो।
मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा १०३ संक्रमित भेटिएका छन्। यसमध्ये २ जनाको मृत्यु भएको छ भने १३ जना कारोनामुक्त भएका छ्न। सुदूरपश्चिममा अहिले ९१ संक्रमित आइसोलेसनमा छन् भने क्वारेन्टाइनमा बस्नेको संख्या ६० हजार २४३ छ।
यसैगरी, सबैभन्दा पछि संक्रमण देखिएको कर्णाली प्रदेशमा संक्रमितको संख्या ५७९ पुगेको छ। यसमध्ये ३ जनाको मृत्यु भएको छ भने ९ जना कोरोनामुक्त भएका छन्। मन्त्रालयले अद्यावधिक गरेको विवरण अनुसार कर्णालीमा क्वारेन्टाइनमा बस्नेको संख्या ३२ हजार २६५ छ। आइसोलेसनमा ५६७ संक्रमित छन्।
एक हजार ६१ संक्रमित भेटिएका प्रदेश ५ मा अहिलेसम्म ९६ जना कोरोनामुक्त भएका छन्। चारजना संक्रमितको मृत्यु भएको प्रदेश ५ मा ९६१ संक्रमित आइसोलेसनमा छन् भने क्वारेन्टाइनमा बस्नेको संख्या ४१ हजार २१७ छ।
यसैगरी, गण्डकी प्रदेशमा अहिलेसम्म ७३ जना संक्रमित भेटिएका छन्। ३ जना कोरोनामुक्त हुँदा बाँकी ७० जना आइसोलेसनमा उपचाररत छन्। गण्डकीमा क्वारेन्टाइनमा बस्नेको संख्या पाँच हजार ३९८ छ।
बागमती प्रदेशमा ९० जना संक्रमित भेटिँदा ३ जनाको मृत्यु भइसकेको छ। ३२ जना संक्रमित कोरोनामुक्त हुँदा अहिले ५५ जनाको आइसोलेसनमा उपचार भइरहेको छ। बागमती प्रदेशमा क्वारेन्टाइनमा बस्नेको संख्या तीन हजार ५१३ छ।
सबैभन्दा धेरै एक हजार ७७ संक्रमित भेटिएका प्रदेश २ मा अहिलेसम्म ११३ जना कोरोनामुक्त भएका छन्। एकजना संक्रमितको मृत्यु भएको प्रदेश २ मा ९४३ संक्रमित आइसोलेसनमा छन् भने क्वारेन्टाइनमा बस्नेको संख्या २१ हजार ९२ छ।
मन्त्रालयका अनुसार प्रदेश १ मा अहिलेसम्म २४९ जना संक्रमित भेटिएका छन्। यसमध्ये ७९ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने बाँकी १७० जना आइसोलेसनमा उपचाररत छन्।
३६५ संक्रमित कोरोनामुक्त
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार अहिलेसम्म ३६५ जना संक्रमित कोरोनामुक्त भएका छन्। यसमा २९९ जना पुरुष र ६६ जना महिला रहेका छन्।
मन्त्रालयका अनुसार आजमात्रै ३२ जना कोरोनामुक्त भएका छन्। जनकपुर प्रादेशिक अस्पताल, जनकपुरबाट १४ पुरुष र एक महिला, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेबाट दुई पुरुष र दुई महिला, सेती प्रादेशिक अस्पताल कैलालीबाट पाँच पुरुष र एक महिला तथा सुर्खेत अस्पतालबाट ६ पुरुष र एक महिला कोरोनामुक्त भएर घर फर्किएका छन्। संक्रमितहरूको औसत अस्पताल बसाइँ १६ दिन रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणबाट अहिलेसम्म १३ जनाको मृत्यु भएको छ। अहिले २ हजार ८५७ सक्रिय संक्रमित छन्। उनीहरूको देशका विभिन्न अस्पतालमा आइसोलेसनमा उपचार भइरहेको छ।
९२ हजार ४७७ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ भने एक लाख ३७ हजार ४३७ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये ८९ हजार २४२ जनाका संक्रमण देखिएको छैन।
अहिले देशभर एक लाख ६८ हजार ३१ जना क्वारेन्टाइनमा रहेका मन्त्रालयले जनाएको छ।
" /> काठमाडौं। नेपालमा कोरोना भाइरसको संक्रमण ७० जिल्लामा विस्तार भएको छ। अब संक्रमण नदेखिएका जिल्ला सात मात्र बाँकी छन्। संक्रमित नभेटिएका जिल्लामा प्रदेश १ का इलाम तथा ओखलढुंगा रहेका छन्।यसैगरी, बागमती प्रदेशको रसुवा, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ, प्रदेश ५ को रोल्पा तथा कर्णाली प्रदेशको रुकुम पश्चिममा संक्रमित भेटिएका छैनन्।

">