कैलाली। जनप्रतिनिधिलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि गोदावरी नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ।
नगरपालिकाले आज एक सूचना जारी गर्दै अत्यावश्यक स्वास्थ्य र सरसफाई बाहेकका सम्पूर्ण सेवा बन्द रहने जनाएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टले आज जारी गरेको सूचनामा भोलिदेखि अर्को सूचना जारी नभएसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहने उल्लेख छ।
साथै, अहिलेको विषम परिस्थितिमा नगरबासीको सकारात्मक साथ र सहयोग आवश्यक रहने भन्दै सबैले आ–आफ्नो ठाउँमा उच्च सतर्कतासहित जिम्मेवारी बहन गर्न भनिएको छ।
भारतबाट आएका गोदावरी नगरपालिकाका नागरिकलाई क्वारेन्टाइन व्यवस्थापनमा खटिएका जनप्रतिनिधिमा नै कोरोना पोजिटिभ देखिएपछि त्यहाँ उच्च सतर्कता अपनाइएको छ।
" /> कैलाली। जनप्रतिनिधिलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि गोदावरी नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ।नगरपालिकाले आज एक सूचना जारी गर्दै अत्यावश्यक स्वास्थ्य र सरसफाई बाहेकका सम्पूर्ण सेवा बन्द रहने जनाएको छ।

">