काठमाडौं। कोरोना परीक्षणको दायरा बढाउन र छिटो नतिजाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘अटोमेटेड मेसिन’ जडान गर्ने र पीसीआर मेसिन थप्ने प्रक्रिया थालेको छ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले परीक्षणको दायरा तीव्र बनाउन र छिटो नतिजाका लागि मन्त्रालयले प्रक्रिया अघि बढाएको बताए।
उनले सातवटै प्रदेशमा नमूना परीक्षण गर्ने अटोमेटेड मेसिन राख्न आवश्यक तयारी थालिएको बताए।
“मेसिनको खरिद प्रक्रिया अगाडि बढाइसकेका छौं। यो जडान भएपछि यसले नमूना परीक्षणमा भइरहेको ढिलाइ कम हुनेछ”, उनले भने, “परीक्षणको नतिजा ढिलो हुने र दायरा नबढेकाले थप व्यवस्थापन गर्न लागिएको हो।”
उनले २१ स्थानबाट हाल पीसीआर विधिबाट परीक्षणको काम भइरहेपनि केही ठाउँमा क्षमता अनुसार परीक्षण हुन नसकेको बताए।
अहिले काम गरिरहेकै पीसीआर मेसिनहरूमा अटोमेटेड मेसिन जडान गरिनेछन्। अटोमेटेड मेसिनले एकपटकमा कम्तिमा एक हजार नमूना थप परीक्षण गर्न सक्ने प्रवक्ता देवकोटाले बताए।
उनका अनुसार मन्त्रालयले अहिले परीक्षण भइरहेकै स्थानमा थप पीसीआर मेसिनसमेत थपेर परीक्षणको दायरा बढाउने प्रक्रिया पनि थालेको छ।
भारतमा रहेका नेपाली घर फर्किने क्रम बढेसँगै नेपालमा संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ। संकलन गरिएका नमूना देशका विभिन्न प्रयोगशालामा थुप्रिएका छन्। दैनिक धेरै संख्यामा नमूना आउने र परीक्षण कम हुने भएकाले पनि नतिजा आउन समय लागिरहेको छ।
" /> काठमाडौं। कोरोना परीक्षणको दायरा बढाउन र छिटो नतिजाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘अटोमेटेड मेसिन’ जडान गर्ने र पीसीआर मेसिन थप्ने प्रक्रिया थालेको छ।मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले परीक्षणको दायरा तीव्र बनाउन र छिटो नतिजाका लागि मन्त्रालयले प्रक्रिया अघि बढाएको बताए।

">