कैलालीका एक वडाध्यक्षमा काेराेना संक्रमण
<p style="text-align: justify;">कैलाली। कैलालीको गोदावरी नगरपालिकामा आज एकजना जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको छ।</p>
<p style="text-align: justify;">सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा गोदावरी नगरपालिकाका ४१ वर्षीय पुरुष जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको हो।</p>
<p style="text-align: justify;">उनी वडाध्यक्ष हुन्।</p>
<p style="text-align: justify;">उनको २० जेठमा स्वाब संकलन गरिएको थियो। यसअघि आरडीटी पोजिटिभ देखिएपछि उनलाई छुट्टै राखिएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्
