काठमाडौं। डोल्पामा मृत्यु भएका ५८ वर्षीय व्यक्तिको कोभिड-१९ संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ।
सुर्खेत बस्दै आएका डोल्पाको जगदुल्ला गाउँपालिका–३ का ५८ बर्षीय पुरुष १६ जेठमा डोल्पास्थित् घर पुगेर ‘होम क्वारेन्टान’मा बसेका थिए।
उनको २० जेठमा होम क्यारेन्टाइनमा नै मृत्यु भएपछि पीसीआर परीक्षणका लागि २२ जेठमा नमूना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुर्याइएको थियो।
उनको स्वाबको नमूना परीक्षणमा आज कोभिड–१९ देखिएको थियो।
उनको मृत्युको कारण कोभिड-१९ भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत् पुष्टि गरेको छ।
भौगोलिक विकटताका कारण प्रतिष्ठानको टोली उक्त स्थानमा पुग्न २ दिन लाग्ने भएकाले सोही गाउँपालिकाका स्वास्थ्यकर्मीलाई कन्ट्याक्ट ट्रेसिङका लागि लगाइएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले बताएका छन्।
यसैगरी, सेती प्रादेशिक अस्पतालमा कैलालीमा डायलासिसका लागि पुगेकी ५५ वर्षीया महिलाको पनि कोभिड-१९ बाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।
२३ जेठमा अस्पतालको डायलासिस वार्डमा मृत्यु भएकी धनगढी उपमहानगरपालिक-४ की ती महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताए।
मृगौला रोगबाट पीडित उनी सेती अस्पतालमा पहिलो पटक डायलासिस गराउनका लागि पुगेकी थिइन्।
डायलासिसअघि उनको आरडीटी रिपोर्ट भने नेगेटिभ आएको डायलासिस वार्डका व्यवस्थापक दीपक भट्टले बताए।
मृत्युपछि थ्रोट स्वाबको नमूना संकलन गरी धनगढी प्रयोगशालामा पठाइएकोमा रिपोर्ट कोरोना पोजिटिभ आएको हो।
" /> काठमाडौं। डोल्पामा मृत्यु भएका ५८ वर्षीय व्यक्तिको कोभिड-१९ संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ।सुर्खेत बस्दै आएका डोल्पाको जगदुल्ला गाउँपालिका–३ का ५८ बर्षीय पुरुष १६ जेठमा डोल्पास्थित् घर पुगेर ‘होम क्वारेन्टान’मा बसेका थिए।

">