काठमाडौं। कुनै समय थियो, गणेश थापा र नेपाली फुटबल पर्यायवाची सरह थिए। कुनै समय खेलाडीको रूपमा त कुनै समय फुटबल प्रशासकको रूपमा। नेपाली फुटबल भन्नासाथ गणेश थापाको नाम आइहाल्थ्यो।
यसरी एकछत्र राज गरेका थापा अहिले भने प्रतिबन्धमा छन्। फुटबलको सर्वोच्च निकाय फिफाले १० वर्ष फुटबल गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएपछि उनी कुनै पनि औपचारिक पदमा छैनन्। तर, गणेश थापा न हुन् ! मैदान र प्रशासन संयन्त्रमा सक्रिय नभए पनि सामाजिक सञ्जालमा भने उनले आफ्नो दबदबा उस्तै राखेका छन्।
उनको विगतबाटै चर्चा शुरू गरौं।
मैदान, नेतृत्वदेखि प्रतिबन्धसम्म
२०१६ सालमा हेटौंडामा जन्मिएका थापाले १७ वर्षे उमेरमै राष्ट्रिय टीममा डेब्यु गरेका थिए। जिल्ला तह र अञ्चल तह हुँदै राष्ट्रिय टीमसम्म आइपुगेका थिए उनी। सन् १९७८ मा भारतीय क्लब मोहन बगानविरूद्धको मैत्रीपुर्ण खेलमा थापाले नेपाल–११ भनेर बनाइएको नेपालको टीमबाट खेलेका थिए। त्यसपछि उनी राष्ट्रिय टीममा लगातार खेले। संकटा, एनआरटी, फ्रेण्ड्स तथा आरएनएसी (नेपाल वायु सेवा निगम) बाट खेलेका थापाले भारत तथा बंगलादेशका क्बलबाट पनि खेले। अग्लो जिउडाल भएका थापा फरवार्डको पोजिसनमा खेल्थे।
सन् १९८५ देखि १९९० सम्म नेपाली राष्ट्रिय टीमको कप्तानी सम्हाले। १९९३ तिर चोट लागेपछि उनी खेल मैदानमा फर्किन सकेनन्। खेल मैदानमा नफर्किए पनि उनी फुटबल दुनियाँबाट टाढा भएनन्। पहिले कप्तानका रूपमा नेपाली टीमको नेतृत्व गरेका थापाले अन्ततः प्रशासकका रूपमा सम्पूर्ण नेपाली फुटबलको नेतृत्व गरे। अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षका रूपमा थापाले दुई दशक भन्दा लामो समय नेपाली फुटबलको नेतृत्व गरे।
दुई दशक एकछत्र राज गरे पनि उनी विवादमुक्त भने थिएनन्। एकलौटी तरिकाले एन्फा चलाएको तथा आर्थिक अनियमितता गरेको आरोप उनीमाथि निरन्तर लाग्यो। २०७१ सालमा व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिले एन्फामा ५८ करोड रूपैयाँभन्दा बढी भ्रष्टाचार भएको भन्दै थापालगायत अन्य पदाधिकारीको पद स्थगन गर्दै दुई महीनाभित्र छानबिन सम्पन्न गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण विभाग र युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको थियो। तथापि थापाले यस आरोपलाई नकार्दै आएका छन्।
अहिलेको एन्फा नेतृत्वलाई उनले आरोप प्रमाणित गर्न चुनौती पनि दिइरहेका छन्। खासमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाको समूहले उजुरी दिएपछि नै उनीविरूद्ध छानबिन शुरू भएको थियो।
१२ असोज २०७१ मा दिएको निर्देशन लामो समयसम्म पनि पालना नभएपछि लेखा समितिले बारम्बार मन्त्रालयलाई ताकेता गरिरहेको थियो। त्यही अवस्थामा ३ कात्तिक २०७१ मा थापा स्वयंले दुई महीनाका लागि आफ्नो पद स्थगन गरेका थिए। उनले आफ्नो पद स्थगन गरेपछि एन्फा कार्यसमितिले वरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठलाई कार्यवाहक अध्यक्ष तोकेको थियो।
नेपालमा उनले सबै निकायबाट सफाइ पाए पनि एशियाली फुटबल महासंघ (एएफसी)का तत्कालीन अध्यक्ष मोहम्मद बीन हमामसँग रकम लिएको आरोपमा फिफाले उनलाई १० वर्ष फुटबल गतिविधिबाट प्रतिबन्ध लगायो। त्यसपछि उनी फुटबलको प्रत्यक्ष गतिविधिबाट टाढा भए।
नयाँ मैदान, सामाजिक सञ्जाल
फुटबल कार्यक्रमहरूमा सक्रिय हुन नपाए पनि थापाले सामाजिक सञ्जालमा फुटबल गतिविधीबारे टीकाटिप्पणी गरिरहेका छन्। खासगरी फेसबुकमा देखिने उनको सक्रियताले उनी फुटबल दुनियाँबाट टाढा छैनन् भन्ने देखाउँछ।
९ जेठमा एन्फाले ‘टेक्निकल ह्याण्डबुक’ सार्वजनिक गरेपछि गणेश थापाले त्यसमा धेरै त्रुटि रहेको भन्दै फेसबुकमा लामो स्ट्याटस लेखे। उनले एन्फाले सार्वजनिक गरेको ‘टेक्निकल ह्याण्डबुक’लाई प्राविधिक प्रतिवेदनभन्दा ‘तथ्याङ्क वा स्मारिका’ भन्दा फरक नपर्ने बताए।

‘दर्शक महानुभावहरूले तिरेको रकम सदुपयोग गर्दै आफ्नै साधन स्रोतबाट बनाएको अफिस बिल्डिङ, एन्फा होस्टेल, खेलमैदान र सानो दर्शक बस्ने प्यारापिट बनाएको एन्फा कम्प्लेक्सलाइ फिफा गोल प्रोजेक्टद्वारा बनाइएको भनेर राखेको हुँदा यसलाई संशोधन गर्न जरूरी छ’, एन्फा कम्लेक्सबारे उक्त प्रतिवेदनमा राखिएको तथ्य गलत भएको भन्दै थापाले लेखेका छन्, ‘१९९७/९८ तिर बनाउन शुरू गर्दा फिफाको गोल प्रोजेक्ट शुरू भएको पनि थिएन। नेपालमा फिफा अध्यक्ष आउनुभएका बखतमा उहाँकै उपस्थितिमा एन्फा कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा मैले बोल्ने क्रममा यो एन्फा कम्प्लेक्स हामी आफैंले बनाएको भनेर गर्वसाथ भनेको थिएँ। यस प्रोजेक्टलाई फिफाले उदाहरणको रूपमा २००० को कंग्रेसमा प्रस्तुत गरिएको थियो। जसमा नेपालको प्रतिनिधित्व गर्दै मैले आफ्नो धारणा राखेको थिएँ। यस किसिमबाट आफैंले बनाएको इतिहास मेट्न खोज्नु दुर्भाग्यपूर्ण हो। यसरी भविष्यमा वर्तमान नेतृत्वले आफ्नै साधन स्रोतबाट बनाउन सकिँदैन भनेर अरूले बनाएको इतिहास मेट्न खोजेको पनि हुन सक्दछ।’

यसअघि उनले एन्फा अध्यक्ष शेर्पालाई आफूलाई अख्तियारले दिएको सफाइ गलत छ भनेर प्रमाणित गर्न चुनौती दिएका थिए।
लेखेका छन्, ‘मैले खुलेआमरूपमा चुनौती दिइसकेपछि आमखेलप्रेमीहरूबाट पनि कि अख्तियारले दिएको सफाइ गलत छ भनेर चुनौती दिँदै मलाई कारबाही गरेर देखाउनु पर्यो होइन भने सार्वजनिकरूपमा माफी माग्नु पर्छ भनेर दबाब दिनुहुन आमखेलप्रेमीहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। होइन भने यस किसिमबाट कसैको पनि चरित्र हत्या गर्नु ठूलो अपराध हो।’’
त्यस्तै ८ जेठमा उनले ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरूषोत्तम थापालाई एन्फाले निलम्बन गरेको बारे लेखेका छन्। एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले नै यसलाई विधानविपरीत बताएको भन्दै थापाले प्रश्न गरेका छन्, ‘एन्फा अध्यक्षले विधानसम्मत कारबाही भएको छ भनेर प्रमाणित गर्न सक्नुहुन्छ ? उहाँले प्रमाणित गर्न सक्नुहुन्न। किनकि यो विधान विपरीत नै कारबाही भएको छ। अब यसरी विधानविपरीत कार्य गर्ने व्यक्तिलाई सम्बन्धित निकायले कारबाही गर्छ कि गर्दैन यो हेर्न बाँकी छ। विधानभन्दा व्यक्ति माथि हुन सक्दैन।’

पछिल्लो समय फेसबुकमा देखिएको थापाको सक्रियताले उनी फुटबल दुनियाँमा आफ्नो अस्तित्व सतत् कायम राख्न चाहन्छन् भन्ने देखाउँछ। साथै आफूले भ्रष्टाचार नगरेको भन्ने स्थापित गर्न पनि उनी तल्लिन देखिन्छन्। अर्कोतर्फ वर्तमान एन्फा नेतृत्वको कटु आलोचना गरेर आफ्नो नेतृत्व नै ठिक भएको देखाउन पनि थापाले सामाजिक सञ्जालमा भरमग्दुर प्रयत्न गरिरहेका छन्।
" /> काठमाडौं। कुनै समय थियो, गणेश थापा र नेपाली फुटबल पर्यायवाची सरह थिए। कुनै समय खेलाडीको रूपमा त कुनै समय फुटबल प्रशासकको रूपमा। नेपाली फुटबल भन्नासाथ गणेश थापाको नाम आइहाल्थ्यो।यसरी एकछत्र राज गरेका थापा अहिले भने प्रतिबन्धमा छन्। फुटबलको सर्वोच्च निकाय फिफाले १० वर्ष फुटबल गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएपछि उनी कुनै पनि औपचारिक पदमा छैनन्। तर, गणेश थापा न हुन् ! मैदान र प्रशासन संयन्त्रमा सक्रिय नभए पनि सामाजिक सञ्जालमा भने उनले आफ्नो दबदबा उस्तै राखेका छन्।

">