२६६ जना यात्रु लिन कतार एअरवेजको जहाज काठमाडौंमा

काठमाडौं। नेपाली मूलका अस्ट्रेलियन र क्यानेडियन नागरिक लिनका लागि कतार एअरवेजको जहाज काठमाडौं आएको छ।

नेपालस्थित अस्ट्रेलियन र क्यानेडियन दूतावासको संयोजनमा दरबारमार्गस्थित प्रेसिडेण्ट ट्राभल एण्ड टुर्सले चार्टर उडानको संयोजन गरेको हो।

उक्त उडानमार्फत् अस्ट्रेलिया र क्यानडा जानका लागि २६६ जनाले टिकट लिएको प्रेसिडेण्ट ट्राभल एण्ड टुर्सका प्रबन्ध निर्देशक भोलाविक्रम थापाले बताए।

आज दिउँसो सवा ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको कतार एअरवेजको जहाज साँझ ६ बजे फर्कने उडान तालिका तय भएको छ।

२६ जेठमा नेपाल एअरलाइन्सको चार्टर जहाज पनि नेपालीमूलका अस्ट्रेलियन लिएर अस्ट्रेलिया जान लागेको छ।

प्रतिक्रिया दिनुहोस्