कपिलवस्तुमा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि
<p>काठमाडौं। कपिलवस्तुमा आज थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।</p>
<p>जनस्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको नमुना परीक्षणमा थप ३९ जनामा संक्रमण पुष्टि भएको हो।</p>
<p>महाराजगञ्ज नगरपालिकाका ३७ र यशोधरा गाउँपालिका २ जनामा संक्रमण पुष्टि भएको हो।</p>
<p>यसअघि आजै बुद्धभूमि नगरपालिकाका ४ जनामा संक्रमण पुष्टि भएको थियो। योसहित कपिलवस्तुमा संक्रमितको संख्या ५२३ पुगेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
