बागलुङ। बागलुङ नगरपालिकाले विदेशबाट आउनेलाई क्वारेन्टाइनको दुईवटा विकल्प दिएको छ।

सरकारले हिजाेदेखि तेस्रो मुलुकमा रहेका नेपालीको उद्धार थालेपछि बागलुङ भित्रिनेले इच्छाअनुसारको क्वारेन्टाइनमा बस्न पाउने भएका छन्।

विदेशबाट आउनेले सुविधासम्पन्न क्वारेन्टाइनमा बस्न चाहेमा रकम तिरेर होटल क्वारेन्टाइनमा बस्न सक्नेछन् भने अन्यलाई सरकारी क्वारेन्टाइनमा निःशुल्क राखिनेछ।

बागलुङ जिल्लाका १० स्थानीय तहले १०० भन्दा बढी स्थानमा क्वारेन्टाइन व्यवस्थापन गरी एक हजार ४०० भन्दा बढी भारतबाट आएकालाई क्वारेन्टाइनमा राख्दै आएको छ।

भारतबाट आउनेलाई मात्रै क्वारेन्टाइनमा राख्न मुस्किल भएको स्थानीय तहलाई तेस्रो मुलुकबाट आउने भएपछि झनै चुनौती थपिएपछि होटलमा पैसा तिरेर क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाइएको हो।

बागलुङमा सुविधासम्पन्न क्वारेन्टाइनको क्षमता विस्तार गर्नका लागि जिल्ला सदरमुकाममा रहेका होटललाई प्रयोगमा ल्याइने भएको छ। बागलुङ नगरपालिकाले जिल्लाका होटल व्यवसायीको सहकार्यमा रकम खर्च गरेर होटलमा बस्ने व्यवस्था गरेको र अन्यलाई निःशुल्क क्वारेन्टाइनमा राखिने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए।

“हामीले विदेशबाट आउनेलाई इच्छाअनुसारको विकल्प दिएका छौँ”, प्रमुख पौडेलले भने, “खर्च गरेर होटलमा बस्ने वा स्थानीय तहले बनाएको क्वारेन्टाइनमा निःशुल्क बस्ने रोज्न पाइनेछ।”

शुरूको चरणमा बागलुङका ६ वटा होटलमा १५० शय्या क्षमताको क्वारेन्टाइन बनाइने होटल व्यवसायी संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिए।

पहिलो चरणमा होटल पिस प्यालेस, समिट, दिराजन, हिलभ्यू, रेड एप्पल र त्रिवेणी होटललाई क्वारेन्टाइन बनाइनेछ। थप क्वारेन्टाइनमा बस्ने आएमा अन्य होटललाई समेत क्वारेन्टाइनमा परिणत गर्न सकिने राजभण्डारीको भनाइ छ।

हाेटलका कोठामा स्यानिटाइज गर्ने, प्याकेजिङ गरेर खान कोठामै पुर्‍याउने, स्वास्थ्य सचेतना प्रदान गर्नेलगायतका सुविधा हुनेछ।

होटल क्वारेन्टाइमा बस्न प्रतिव्यक्ति एक हजार ७५० र डबल शय्या कोठामा प्रतिव्यक्ति एक हजार ५०० रूपैयाँ शुल्क तय गरिएको होटल व्यवसायी संघले जनाएको छ।

कूल १५० शय्या क्षमताको क्वारेन्टाइन शौचालयजडित र स्नान कक्ष भएको हुनेछ। जिल्ला सुरक्षा समितिले निर्णय गरेपछि क्वारेन्टाइन बनाइएको होटलमा सुरक्षाको व्यवस्थापनमा लाग्ने जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए। रासस

" /> बागलुङ। बागलुङ नगरपालिकाले विदेशबाट आउनेलाई क्वारेन्टाइनको दुईवटा विकल्प दिएको छ।

"> खर्च गर्नेलाई होटलमा, अन्यलाई सरकारी क्वारेन्टाइनमा: Dekhapadhi
खर्च गर्नेलाई होटलमा, अन्यलाई सरकारी क्वारेन्टाइनमा

प्रतिक्रिया दिनुहोस्