संखुवासभा। संखुवासभाको खाँदबारीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको डिपोमा चामल अभाव भएको छ। जिल्लाभरको खाद्यान्न संकट समाधानका लागि स्थापना भएको सो शाखाको डिपोमा गत वैशाख महीनादेखि चामल सकिएको हो।
डिपोले लकडाउनको समयमा विपन्न जनतालाई चामल वितरण गर्न सकेको छैन। एक महीनाअघिदेखि चामल सकिएको शाखा कार्यालय खाँदबारीका सूचना अधिकारी रामप्रवेश मण्डलले जानकारी दिए।
विपद् र जिल्ला कारागारका लागि राखिएको २०० क्विन्टल चामल मात्र डिपोमा रहेको उनको भनाइ छ। दैनिक तीन हजार ५०० किलाे चामल बिक्री गर्ने डिपोमा चामल नआएकाले डिपो बन्द गरेर बस्नुपर्ने बाध्यता भएको डिपो कार्यालयले जनाएको छ।
लकडाउनको समयमा खाद्यले चामल नदिएपछि महँगो मूल्यको चामल किन्न बाध्य भएको खाँदबारी नगरपालिका–१ की स्थानीय विष्णु राई गुनासो गरे।
जिल्लामा आएको चामल एक महीनाअघि नै सकिएको र थप चामल नआउँदा विपन्न जनताको मागअनुसार चामल बिक्री गर्न नसकिएको सूचना अधिकारी मण्डलले बताए।
स्थानीयवासीको काम बढी भएकाले चामल मागअनुसार नआउँदा समस्या भएको हो। खाँदबारी नगरपालिकाले राहत वितरणका लागि ३२० क्विन्टल चामल माग गरे पनि खाद्यले चामल दिन नसकेको उनले जानकारी दिए। रासस
" /> संखुवासभा। संखुवासभाको खाँदबारीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको डिपोमा चामल अभाव भएको छ। जिल्लाभरको खाद्यान्न संकट समाधानका लागि स्थापना भएको सो शाखाको डिपोमा गत वैशाख महीनादेखि चामल सकिएको हो।डिपोले लकडाउनको समयमा विपन्न जनतालाई चामल वितरण गर्न सकेको छैन। एक महीनाअघिदेखि चामल सकिएको शाखा कार्यालय खाँदबारीका सूचना अधिकारी रामप्रवेश मण्डलले जानकारी दिए।

">