कैलालीका एक काेराेना संक्रमित काठमाडाैं रेफर
कैलाली। धनगढीका एकजना कोरोना संक्रमितलाई काठमाडौं रेफर गरिएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि धनगढी उपमहानगरपालिका-५ का ५१ वर्षीय कोरोना संक्रमितलाई काठमाडौं रेफर गरिएको हो।

सेती प्रादेशिक अस्पतालअन्तर्गत कोरोना अस्थायी अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचारमा संग्लन डाक्टर निराजनदत्त शर्मा पौडेलले उनलाई हिजाे, २३ जेठ राति साढे १० बजे रेफर गरीएको बताए।

संक्रमितलाई निमोनियाका साथै मृगौलामा समेत समस्या रहेकाले काठमाडौं रेफर गरिएको पौडेलले जानकारी दिए।

सेती अस्पताल कोभिड उपचार लेवल–२ को अस्पताल भएकाले थप उपचारका लागि लेवल–३ को त्रिवि शिक्षण अस्पताल काठमाडाैं रेफर गरिएको डाक्टर पौडेलले बताए।

भारतबाट त्रिनगर भन्सार नाका भएर आएका उनीसहित सुदूरपश्चिममा पाँचजनामा २१ जेठमा कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुहोस्