चितवन। पूर्वी चितवनमा रहेको राप्ती नगरपालिकामा फोहर संकलन गरेर मल उत्पादन गरिने भएको छ।
मल उत्पादनका लागि आवश्यक संरचना बनिसकेको छ। लकडाउन खुलेसँगै फोहर संकलन थालिनेछ।
नगरपालिका प्रमुख प्रभा बरालले राप्ती नगरपालिका-२ मा स्थानीय शिवशक्ति सामुदायिक वनसँग सहकार्य गरेर काम शुरू गरेको जानकारी दिइन्।
बागमती प्रदेश र नगरपालिकाको करीब एक करोड रूपैयाँ लगानीमा जापानिज प्रविधिबाट रिकिसी नामक संस्थाको प्राविधिक सहयोगमा मल उत्पादन गर्न लागिएको हो।
सो क्षेत्रमा टहरा निर्माण गरी तीनै टहराभित्र फोहरबाट मल तयार गरिएको छ। सो स्थलमा संरचना निर्माण गरी परीक्षणका रूपमा मल उत्पादन थालिएको छ।
वितरणका लागि बाल्टीसमेत खरिद गरिसकिएको छ। फोहर संकलनका लागि ट्र्याक्टर खरिद गर्ने प्रक्रियामा रहेको उनले जानकारी दिइन।
हरेक घरमा तीनवटा बाल्टी वितरण गरिनेछ। कुहिने, नकुहिने र बेच्न मिल्ने फोहर छुट्याएर मल उत्पादन गरिनेछ।
मल नहुने फोहर बिक्री गरिनेछ। मल उत्पादनका लागि २५ जना कर्मचारीले तालिम लिइसकेको बरालको भनाइ छ।
त्यहाँबाट उत्पादित प्राङ्गारिक मललाई कृषकलाई अनुदानका रूपमा वितरण गरिने उनले जानकारी दिइन्।नगरपालिकाको शहरी क्षेत्रमा धेरै फोहर जम्मा हुने गर्छ।
पछिल्लो समय बनेको नगरपालिका भएकाले शुरूदेखि नै फोहर व्यवस्थित गर्नका लागि मल उत्पादन गर्न थालिएको उनले बताइन्। रासस
" /> चितवन। पूर्वी चितवनमा रहेको राप्ती नगरपालिकामा फोहर संकलन गरेर मल उत्पादन गरिने भएको छ।मल उत्पादनका लागि आवश्यक संरचना बनिसकेको छ। लकडाउन खुलेसँगै फोहर संकलन थालिनेछ।

">