कञ्चनपुरमा ब्राेइलर कुखुरादेखि साइकलसम्म चोरी गर्ने २० जना पक्राउ

कञ्चनपुर। लकडाउनका बेला चोरी गरेकाे आराेपमा कञ्चनपुरमा २० जनालाई प्रहरीले पक्राउ गरेको छ।

साइकललगायत अन्य चोरीका कार्यमा संलग्न २० जनालाई प्रकाउ गरिएकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ।

भीमदत्तनगर बजार क्षेत्रमा विभिन्न समयमा चोरी गरेका ४२ थान साइकलसहित चारजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताए।

चोरी गरिएका साइकल काठमाडौंबाट ल्याएकाे भन्दै भीमदत्तनगर बजार क्षेत्रका मझगाउँ, भासी, सिसैया, विचपुरीलगायतका गाउँमा बेच्दै आएका चारजनालाई साइकलसहित पक्राउ गरिएको उनले बताए। उनका अनुसार साइकल चोरीमा संलग्न जितेन्द्र बम, रोशन दमाइ, सन्तोष ओखेडा र नवीन कार्की छन्। पक्राउ परेका चारैजना भीमदत्त नगरपालिका–१८, बागवाणीका बासिन्दा हुन्।

यसैगरी कञ्चनपुरमा विभिन्न समयमा विद्युतीय पानी मोटर चोरी गर्ने, विद्यालयमा चोरी गर्ने, खोका पसलमा चोरी गर्ने तथा ब्रोइलर कुखुरा चोरीमा संलग्न २० जनालाई विभिन्न मितिमा पक्राउ गरी गरिएको उनको भनाइ छ।

चोरी कार्यमा संलग्न भएका पक्राउ परेका सबैजनालाई जिल्ला अदालतबाट म्याद थप अनुमति लिई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्ति भीमदत्त नगरपालिका, वेदकोट नगरपालिका र कैलालीको लम्कीचुहा नगरपालिकालगायत क्षेत्रका छन्। रासस

प्रतिक्रिया दिनुहोस्