भरतपुर अस्पतालको आईसीयूमा एक बिरामीको मृत्यु

काठमाडौं। भरतपुर अस्पतालको आईसीयूमा उपचाररत एक २७ वर्षीय युवकको मृत्यु भएको छ।

अस्पतालका कोभिड-१९ फोकल पर्सन डा. प्रमोद पौडेलले आज बिहान साढे १० बजे मृत्यु भएको पुष्टि गरे।

“माडीकै एक क्‍वारेन्टाइनमा रहेका ती युवकमा स्वास्थ्य समस्या देखिएपछि हिजो अस्पतालमा भर्ना गरिएको हो,” उनले भने, “ल्याउँदा ज्वरो देखिएको थियो। हामीले आईसीयूमा राखेर उपचार शुरु गरेका थियौं। आज बिहान उपचार गर्दा गर्दै मृत्यु भयो।”

पौडेलका अनुसार आज बिहानैदेखि ती युवकलाई श्‍वास फेर्न कठिनाइ भइरहेको थियो।

भरतपुर अस्पतालले मृतक युवकको थ्रोट स्वाबको नमूना संकलन गरेर परीक्षण गर्न पठाएको छ। परीक्षण रिपोर्टपछि मात्रै उनमा कोभिड-१९ को संक्रमण भए-नभएको पुष्टि हुनेछ। चितवनको माडी नगरपालिका घर भएका ती युवक दुई साताअघि मात्रै भारतबाट आएर क्‍वारेन्टाइनमा बसेका थिए।

प्रतिक्रिया दिनुहोस्