कपिलवस्तुमा चार संक्रमित थपिए <p>काठमाडौं। कपिलवस्तुमा आज थप चारजनामा कोरोना संक्रमणको पुष्टि भएको छ।</p> <p>जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका फोकल पर्सन कुमार थापाले आज थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।</p> <p>उनका अनुसार कपिलवस्तुको बुद्धभुमि नगरपालिकाको वडा नम्बर ५ का १९ र २९ वर्षीय पुरुष र वडा नम्बर ६ का २३ र ३६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो। योसहित कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ४७९ पुगेको छ।</p>
प्रतिक्रिया दिनुहोस्