भारत र चीनका सैन्य अधिकारीबीच सीमा वार्ता हुँदै

नयाँदिल्ली। भारत र चीनबीच बढ्दो सीमा विवादको समाधान खोज्‍ने उद्देश्यले आज दुवै मुलुकका उच्च सैन्य अधिकारीबीच वार्ता हुँदैन।

वार्ता टोलीको नेतृत्व दुवै देशका लेफ्टिनेन्ट जर्नेलले गर्दैछन्। एक महीनायता दुई मुलुकबीच सीमा विवाद चल्दै आएको छ।

लद्दाखको पेङगङ ताल तथा गालवन उपत्यकामा दुई मुलुकबीच सीमा विवाद छ।

दुवै मुलुकका सैन्य अधिकारी ‘लाइन अफ एक्चुअल कन्ट्रोल’ (एलएसी)को चुसुल-मोल्दोस्थित भारतीय बोर्डर पोइन्ट मिटिङ हटमा हुँदैछ।

बैठकमा भारतीय पक्षको नेतृत्व लद्दाखको लेहस्थित भारतीय सेनाको १४ औं कोरका कमान्डर लेफ्टिनेन्ट जनरल हरिन्दर सिंहले गर्दैछन्।

लेफ्टिनेन्ट जनरलसतरमा कुनै सीमा चौकीमा भारत र चीनका सैन्य अधिकारीले वार्ता गर्न लागेको यो पहिलोपटक हो।

प्रतिक्रिया दिनुहोस्