जुम्लामा क्वारेन्टाइनमा मृत्यु भएका व्यक्तिको पीसीआर परीक्षण नेगेटिभ
<p>काठमाडौं। जुम्लाको चन्दननाथ नगरपालिका-८ स्थित क्‍वारेन्टाइनमा मृत्यु भएका ६५ वर्षीय वृद्धको पीसीआर विधिबाट गरिएको नमूना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।</p>
<p>धुपी ढुस्का माध्यामिक विद्यालयको क्‍वारेन्टाइनमा मृत्यु भएपछि हिजो नै उनको थ्रोट स्वाबको नमूना संकलन गरिएको थियो।</p>
<p>कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।</p>
<p>मृतक दम र मुटुसम्बन्धी बिरामी भएकाले उनको दीर्घरोगकै कारण मृत्यु भएको हुन सक्ने आकलन गरिएको छ। २१ जेठमा बाँकेबाट जुम्ला फर्किएका उनलाई स्थानीय क्‍वारेन्टाइनमा राखिएको थियो। क्‍वारेन्टाइनमै उनको मृत्यु भएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्
