उत्तर अफ्रिकाका अलकायदा नेता अब्देलमलेक मारिएः फ्रान्स <p>पेरिस। अन्तर्राष्&zwj;ट्रिय आतंकवादी संगठन अलकायदाका उत्तर अफ्रिकी क्षेत्रका नेता अब्देलमलेक मारिएको फ्रान्सले जनाएको छ।</p> <p>मालीमा भएको सैन्य कारवाहीमा उनी मारिएको फ्रान्सका रक्षामन्त्री फ्लोरेन्स पार्लीले बताइन्। उनका अनुसार गत बुधबार मालीको उत्तरी क्षेत्रमा भएको कारवाहीमा उनी आफ्ना भित्री सर्कलका लडाकुहरूसहित मारिएका हुन्।</p> <p>मालीका इस्लामिक स्टेटका एक ग्रुप कमान्डर पनि पक्राउ परेको मन्त्री पार्लीले जानकारी दिइन्।</p> <p>अब्देलमलेक उत्तरी अफ्रिकी क्षेत्रका अलकायदाका सबै शुभेच्छुक र सहयोगी संगठनहरूको संयोजनकारी भूमिकामा थिए।</p>
प्रतिक्रिया दिनुहोस्