घरमै बनेका मास्क पनि उपयोगीः डब्लूएचओ
यसअघि सर्जिकल र एन-९५ मास्कले मात्र कोरोना भाइरसबाट बचाउने डब्लूएचओले बताउँदै आएको थियो।
सार्वजनिक यातायात, बजार, शरणार्थी शिविरलगायत भीडभाडयुक्त ठाउँमा घरमा बनेका मास्क पनि लगाउन सकिने डब्लूएचओको भनाइ छ। त्यसबाट कोरोना भाइरसको प्रसार रोक्ने सकिने संस्थाले बताएको छ।
तर, ६० वर्षभन्दा बढी उमेरका र एकभन्दा बढी बिमारीको सामना गरिरहेका व्यक्तिहरूले मेडिकल ग्रेडको मास्क लगाउनु उचित हुने डब्लूएचओले सल्लाह दिएको छ।
मास्क लगाउने विषयमा जारी हुने गाइडलाइनले मानिसमा भ्रम पैदा गरेको विशेषज्ञहरूले बताउँदै आएका थिए। सबैले मेडिकल स्तरका मास्क लगाउँदा उनीहरूमा त कोरोना भाइरसको प्रसार हुँदैन तर स्वास्थ्यकर्मीहरूलाई मास्कजस्ता अत्यावश्यक सामग्रीको अभाव हुने विशेषज्ञहरूको भनाइ थियो।
कतिपयलाई कोरोना भाइरसको लक्षण देखिन्जेलसम्ममा अत्यधिक संक्रमण भइसकेको र कतिपयलाई संक्रमित भइसक्दा पनि लक्षण नदेखिने समस्या विशेषज्ञहरूले पत्ता लगाएका छन्। सोही कारण घरेलु मास्क नियमित लगाउँदा भाइरसको प्रसार रोक्न सकिने निष्कर्षमा वैज्ञानिकहरू पुगेका हुन्।
प्रतिक्रिया दिनुहोस्