गण्डकी प्रदेशमा थपिए १७ संक्रमित
काठमाडौं। गण्डकी प्रदेशमा कोरोना भाइरसका १७ जना संक्रमित थपिएका छन्।

थपिएका संक्रमितहरू स्याङ्जा, बाग्लुङ, कास्की, नवलपरासी बर्दघाट सुस्ता पूर्वका छन्।

स्याङ्जाको वालिङ नगरपालिकाका १६, १९, २३, २५, ३२, ४४, ५२ र ५४ वर्षका पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सोही जिल्लाको हरिनास गाउँपालिकाका १८ र ४० वर्षका पुरुषमा पनि संक्रमण पाइएको छ।

बाग्लुङको ताराखोला गाउँपालिका ३९ वर्षका पुरुष, कास्कीको रूपमा गाउँपालिकाका २३ र ३२ वर्षका पुरुष र पोखरा महानगरपालिकाका ५९ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ।

नवलपरासीको विनय त्रिवेणी गाउँपालिकाका १८, १९ र २७ वर्षका पुरुषमा पनि कोभिड-१९ पोजिटिभ पाइएको छ।

यससँगै गण्डकी प्रदेशमा कुल संक्रमित संख्या ७५ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्