काठमाडौं। आज २७८ जना नयाँ संक्रमित भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई हजार ९१२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा जनाएअनुसार पछिल्लो २४ घण्टामा थप एकजनाको मृत्यु भएको छ, यससँगै नेपालमा कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ।

त्यस्तै ३३३ जना उपचारपछि कोरोनामुक्त भएका छन्। हिजो, २२ जेठसम्मा २९० जना कोरोनामुक्त भएकोमा पछिल्लो २४ घण्टामा थप ४३ जना उपचारपछि निको भएका हुन्।

हिजोसम्म ८४ हजार १३४ जनामा कोरोना भाइरसको संक्रमण भए/नभएको परीक्षण गरिएको थियो, आज त्यसलाई बढाएर ८८ हजार ३६६ पुर्‍याइएको छ। यसको अर्थ एक दिनमा थप चार हजार २३२ जनामा परीक्षण गरिएकोमा २७८ जनामा कोरोना पोजिटिभ पाइएको हो।

अर्थात् परीक्षण गरिएकामध्ये साढे ६ प्रतिशत संक्रमित रहेको पाइयो। पछिल्लो २४ घण्टामा गरिएको परीक्षण र त्यसमध्येका संक्रमितको यो अनुपात जम्मा परीक्षण र संक्रमितको भन्दा धेरै हो।

नेपालमा हालसम्म भएका ८८ हजार ३६६ परीक्षणमध्ये दुई हजार ९१२ जनामा पोजिटिभ पाइएको छ, जुन करीब साढे तीन प्रतिशत मात्र हो। यसको अर्थ पछिल्लो समय परीक्षण गरिएका व्यक्तिमध्ये पहिलेको तुलनामा धेरैजना संक्रमित पाइएका छन्।

नेपालमा संक्रमित र मृत्युको अनुपात कोभिडको औसत अनुपातभन्दा कम छ। विश्वव्यापीरूपमा संक्रमितमध्ये करीब ६ प्रतिशतको मृत्युदर रहेको छ। नेपालमा भएको मृत्युदर भने ०.३७ प्रतिशत मात्र छ।

नेपालमा हरेक दिन कोरोना संक्रमित थपिँदै जाँदा कोरोना भाइरस प्रभावित देशहरूको सूचीमा नेपाल माथि चढ्दैछ। दक्षिण एशियाली देशहरूमा नेपाल भुटानपछि सबैभन्दा कम प्रभावित देशको रूपमा रहँदै आएको थियो। तर, पछिल्लो समय नेपालले श्रीलंका र माल्दिभ्सलाई उछिनेको छ। सार्कका चार देश क्रमशः भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तान नेपालभन्दा बढी प्रभावित छन्।

त्यस्तैगरी विश्वव्यापीरूपमा नेपाल बढी संक्रमित भएका देशहरूमध्ये ८३औं सूचीमा पुगेको छ। केही दिनअघि मात्र नेपाल ९९औं नम्बरमा रहेकोमा आज ८३औं नम्बरमा पुगेको हो ।

सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ भने भारत छैठौं नम्बरमा पुगेको छ। भारतभन्दा अघि ब्रजिल, रुस, स्पेन र बेलायत बढी प्रभावित देशको सूचीमा छन्। दुई लाख ३४ हजार संक्रमित भारतमा मृतकको संख्या ६ हजार ५८८ पुगेको छ।

" /> काठमाडौं। आज २७८ जना नयाँ संक्रमित भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई हजार ९१२ पुगेको छ।

"> कोभिड–१९ अपडेट : २४ घण्टामा गरिएको परीक्षणमा साढे ६ प्रतिशतको नतिजा पोजिटिभ: Dekhapadhi
कोभिड–१९ अपडेट : २४ घण्टामा गरिएको परीक्षणमा साढे ६ प्रतिशतको नतिजा पोजिटिभ

प्रतिक्रिया दिनुहोस्