झापाका स्थानीय तहलाई अन्तर्राष्ट्रिय झापाली समाजको सहयोग

झापा। अन्तर्राष्ट्रिय झापाली समाजले झापाका स्थानीय तहलाई कोभिड-१९ परीक्षण गर्नका लागि आवश्यक पर्ने भाइरल ट्रान्सपोर्ट मिडियम (भीटीएम) कीट सहयोग गरेको छ।

समाजले आज कनकाई, बिर्तामोड, अर्जुनधारा नगरपालिका र हल्दिबारी गाउँपालिकालाई एक सय थानका दरले भीटीएम किट उपलब्ध गराएको हो।

समाजले झापाका १५ वटै स्थानीय तहलाई एक सय थानका दरले किट उपलब्ध गराउने समाजका उपाध्यक्ष नवीन पोखरेलले जानकारी दिए।

किट वितरण कार्यक्रममा एकका लागि एक अभियानका सह-संयोजक विनोद बस्नेत, झापाली समाज अस्ट्रेलियाका सदस्य भीष्म ओली, रोटरी क्लब अफ सुरुंगाका उपाध्यक्ष शिव कँडेल, वीरता जेसीजका अध्यक्ष मिजास पोखरेल, महासचिव विकास बस्नेतलगायतको सहभागिता थियो।

समाजले कोरोना महामारीको सामना गर्नका लागि आवश्यक पर्ने अन्य सहयोग पनि प्रदान गर्ने जनाएको छ।

कोरोना महामारीको समयमा समाजले राष्ट्रिय कार्य समितिहरूसँग समन्वय गर्दै राहत कार्यको शुरूआत गरेको झापाली समाज अस्ट्रेलियाका सदस्य भीष्म ओलीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्