काठमाडाैं। उच्च अदालत पाटनले २६ जेठदेखि लकडाउनकै समयमा पनि थप केही सेवा शुरू गर्ने भएको छ।
अदालतले मिलापत्र, मुद्दा फिर्ता, तामेलीलगायतका सेवा थप गर्ने र बन्दाबन्दीमा मुद्दा फैसला हुन नसकी अभियाेगपत्रमा दाबी लिएको सजायभन्दा बढी कैद थुनामा बसेकाको हकमा मुद्दाको सुनुवाइ गर्ने निर्णय गरेको अदालतमा उपरजिष्ट्रार शम्भुप्रसाद रेग्मीले जानकारी दिए।
यसअघि, अदालतले बन्दी प्रत्यक्षीकरणका निवेदनसहित अतिरिक्त म्याद थप, अभियोगपत्र दर्ता, बयान, थुनछेक आदेश, सरकारले दर्ता गर्ने पुनरावेदनलगायतका काम गर्दै आएको थियो। रासस
" /> काठमाडाैं। उच्च अदालत पाटनले २६ जेठदेखि लकडाउनकै समयमा पनि थप केही सेवा शुरू गर्ने भएको छ।अदालतले मिलापत्र, मुद्दा फिर्ता, तामेलीलगायतका सेवा थप गर्ने र बन्दाबन्दीमा मुद्दा फैसला हुन नसकी अभियाेगपत्रमा दाबी लिएको सजायभन्दा बढी कैद थुनामा बसेकाको हकमा मुद्दाको सुनुवाइ गर्ने निर्णय गरेको अदालतमा उपरजिष्ट्रार शम्भुप्रसाद रेग्मीले जानकारी दिए।
यसअघि, अदालतले बन्दी प्रत्यक्षीकरणका निवेदनसहित अतिरिक्त म्याद थप, अभियोगपत्र दर्ता, बयान, थुनछेक आदेश, सरकारले दर्ता गर्ने पुनरावेदनलगायतका काम गर्दै आएको थियो। रासस
">