काठमाडौं। कर्णाली प्रदेशको जिल्ला दैलेखमा आज मात्र ९१ जना कोरोना संक्रमित थपिए। आज थपिएको यो संख्यासँगै यो पहाडी जिल्लामा कोरोना संक्रमितको संख्या ३०८ पुगेको छ।
कामको खोजीमा भारत गएका र उता कामविहीन बनेपछि थातथलो फर्केर आएकाहरूको परीक्षण गर्दा भेटिएको संक्रमितको संख्या हो, यो।
दैलेखमै कर्णाली प्रदेशमा पहिलो व्यक्तिले कोरोना संक्रमणबाट ज्यान गुमाए। भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका दुल्लु नगरपालिका वडा नम्बर ११ का ३५ वर्षीय युवाको १७ जेठमा मृत्यु भएको थियो। मृत्युपछि मात्र उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।
दैलेखको सदरमुकामसमेत रहेको नारायण नगरपालिकासँगै दुल्लू नगरपालिका र महाबु गाउँपालिका कोरोना संक्रमणको हटस्पटका रूपमा देखापरेका छन्। संक्रमितको संख्या रफ्तारमा बढिरहँदा भारतबाट फर्कने क्रम पनि तीब्र छ।
भारतबाट आउने सबैलाई क्वारेन्टाइनमा राखिएको छ, तर क्वारेन्टाइनमा रहेकाहरूको स्वास्थ्य परीक्षण निकै सुस्त छ।
महाबु गाउँपालिकामा मात्र भारतबाट फर्केका एक हजार ८५० जना क्वारेन्टाइनमा बसेका छन्। गाउँपालिकामा अहिलेसम्म करीब दुई हजार ५०० जना भारतबाट फर्किसकेका छन्। करीब दुई हजार भारतबाट आउने तयारीमा छन्।

गाउँपालिकामा रहेका सामुदायिक विद्यालय, सरकारी भवन, नीजि विद्यालय सबैलाई क्वारेन्टाइन बनाइएको छ। त्यति गर्दा पनि ठाउँ नभएपछि खाली ठाउँमा टेन्ट गाडेर समेत भारतबाट आउनेहरूलाई राखिएको गाउँपालिका अध्यक्ष जंगबहादुर शाहीले देखापढीलाई बताए।
अब त्यसरी राख्ने ठाउँसमेत बाँकी नरहेको उनले बताए। “अझै दुई हजारजति आउँदैछन्, उनीहरूलाई कहाँ राख्ने भन्ने समस्या छ”, शाहीले भने।
क्वारेन्टाइनमा राखिएकाहरूको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेर पठाइएको छ। तर, उनीहरूको रिपोर्ट आउन कम्तीमा ८, ९ दिन लागिरहेको छ।
आज मात्र कोरोना संक्रमण पुष्टि भएका ६४ जनाको नमूना पनि १५ जेठमा संकलन गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा पठाइएको थियो।
उनीहरूको रिपोर्ट आउन ९ दिन लाग्यो। पीसीआर रिपोर्ट आउन ढिलो हुँदा एकातिर क्वारेन्टाइनमै संक्रमण फैलिने जोखिम बढेको, अर्कोतिर रिपोर्ट ढिला आयो भनेर क्वारेन्टाइनमा बसेकाहरू आन्दोलनमै उत्रिन थालेको अध्यक्ष शाहीले बताए।
“क्वारेन्टाइन पनि के भन्नु, भेडा बाख्रा हुलेजसरी राखेका छौं। १४ दिनभन्दा बढी भइसक्दा पनि रिपोर्ट आउन सकिरहेको छैन। अब के गर्ने हो, केही मेसो पाउन सकेका छैनौं। दिमागले काम गर्न छाडेको छ”, अध्यक्ष शाहीले भने।
दुल्लू नगरपालिकाबाट मात्र करीब १५ हजार जना कामका लागि भारतमा छन्। नगर प्रमुख घनश्याम भण्डारीका अनुसार तीमध्ये करीब १० हजार फर्कनेछन् पाँच हजार जति भने भारतमै व्यापार, व्यवसाय आदि गरेर बसेकाले अहिले फर्कने छैनन्।
दुल्लूमा अहिलेसम्म तीन हजार जति भारतबाट फर्किसकेका छन्। उनीहरूमध्ये दुई हजार ५१५ जना क्वारेन्टाइनमा छन्। तीमध्ये ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
दुल्लू नगरपालिकाले निर्माण गरेका सबै क्वारेन्टाइन भारतबाट फर्केकाहरूले भरिएका छन्। अब बाँकीलाई कहाँ राख्ने भन्ने समस्या छ। भारतबाट आउने तयारीमा रहेका थप ७ हजार जनालाई कहाँ राख्ने भन्ने कुरा ठूलो चुनौती रहेको नगर प्रमुख भण्डारीले बताए।
त्यसमाथि परीक्षणमा भइरहेको ढिलाइले नगरपालिकालाई थप पिरोलेको छ। “छिटो छिटो परीक्षण भइदिए त क्वारेन्टाइनमा बसेकाहरूलाई रिपोर्ट आएपछि घर वा आइसोलेसनमा पठाउन हुन्थ्यो। तर, रिपोर्ट आउँदै ढिलाई भइरहेको छ”, नगर प्रमुख भण्डारीले भने।
२०६८ सालको जनगणनाअनुसार दैलेखको जनसंख्या करीब दुई लाख ६० हजार छ। दैलेखका ११ वटै नगरपालिका र गाउँपालिकाबाट करीब ७० हजार जना रोजगारीका लागि भारतमा गएका छन्।
गाउँपालिका र नगरपालिकाहरूले संकलन गरेको तथ्यांक अनुसार ७० हजार मध्ये करीब ४२ हजार जना तत्काल घर फर्कने तयारीमा छन्।
अहिलेसम्म १२ हजार जना भारतबाट फर्किइसकेको आँकडा जिल्ला प्रशासन कार्यालयले संकलन गरेको छ।
.jpg)
सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले ९ हजार ३४२ जनालाई क्वारेन्टाइनमा राखिएको बताए। अहिले पनि दैनिक ४०० देखि ५०० जना भारतबाट आइरहेको सहायक प्रमुख जिल्ला अधिकारी क्षत्रीले जानकारी दिए।
क्वारेन्टाइनका रूपमा प्रयोग गरिएका जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालय, सार्वजनिक भवन, नीजि विद्यालय, विभिन्न संघ संस्थाका भवन सबै भरिइसकेका छन्।
“अब त खुला चौर पनि बाँकी छैन। अब आउनेहरूलाई कहाँ राख्ने भनेर समस्या भइरहेको छ। धेरै दिन बसेकाहरूलाई आरडीटी परीक्षण गरेर पठाउन थालेका छौं”, क्षेत्रीले भने।
लामो समयसम्म क्वारेन्टाइनमा राख्दा आन्दोलनमा उत्रिने, क्वारेन्टाइनबाटै भाग्ने गर्न थालेपछि आरडीटी परीक्षण गरेर घर पठाइरहेको उनको भनाई छ।
“अहिले क्वारेन्टाइनमा भएकाहरूलाई त व्यवस्थापन गर्न सकिएको छैन। अब आउनेहरूलाई कसरी गर्ने? स्रोत साधनले भ्याएसम्म काम भइरहेको छ”, उनले भने, “लामो समय क्वारेन्टाइनमा राख्दाराख्दै राम्रै व्यक्तिलाई पनि कोरोना संक्रमण होला भन्ने डर भयो।”
(तस्वीरः विजय शर्मा रूपाखेतीको फेसबुकबाट।)
" /> काठमाडौं। कर्णाली प्रदेशको जिल्ला दैलेखमा आज मात्र ९१ जना कोरोना संक्रमित थपिए। आज थपिएको यो संख्यासँगै यो पहाडी जिल्लामा कोरोना संक्रमितको संख्या ३०८ पुगेको छ।कामको खोजीमा भारत गएका र उता कामविहीन बनेपछि थातथलो फर्केर आएकाहरूको परीक्षण गर्दा भेटिएको संक्रमितको संख्या हो, यो।

">