काठमाडौं। एशियाली फुटबल महासंघ (एएफसी)ले आज फिफा विश्वकप कतार २०२२ र एएफसी एशियन कप चीन २०२३ को दोस्रो चरणको छनोट प्रतियोगिताको प्रस्तावित नयाँ खेल तालिका सार्वजनिक गरेको छ।
एएफसीले विश्व फुटबलको सर्वोच्च निकाय फिफासँगको सल्लाहमा छनोट प्रतियोगितामा बाँकी रहेका खेलहरूको नयाँ तालिका सार्वजनिक गरेको जनाएको छ।
नियमित तालिकाअनुसार ती खेल मार्च र जुनमा हुने तय थियो। तर, कोभिड-१९ महामारीका कारण खेल तालिका सरेका थिए।
सातौं र आठौं चरणका खेलहरू क्रमश ८ र १३ अक्टोबरमा हुनेछन्। त्यस्तै नवौं र दशौं चरणका खेल क्रमश १२ र १७ नोभेम्बरमा हुनेछन्।
प्रारम्भिक छनोट चरणका खेलहरू नोभेम्बरमा सक्ने एएफसीको पछिल्लो निर्णय फिफा विश्वकप २०२२ को एशियाली छनोटको अन्तिम चरणका खेलतालिका तथा एशियन कपको प्लेअफ खेलको तालिकासँग मेल खाने गरी गरिएको जनाइएको छ।
" /> काठमाडौं। एशियाली फुटबल महासंघ (एएफसी)ले आज फिफा विश्वकप कतार २०२२ र एएफसी एशियन कप चीन २०२३ को दोस्रो चरणको छनोट प्रतियोगिताको प्रस्तावित नयाँ खेल तालिका सार्वजनिक गरेको छ।एएफसीले विश्व फुटबलको सर्वोच्च निकाय फिफासँगको सल्लाहमा छनोट प्रतियोगितामा बाँकी रहेका खेलहरूको नयाँ तालिका सार्वजनिक गरेको जनाएको छ।

">