काठमाडाैं। म्यान्मारबाट उद्धार गरेर ल्याइएका २६ मध्ये २५ नेपालीलाई सरकारले आजै होम क्वारेन्टाइनमा पठाएको छ।

बिहान ११ बजे काठमाडौं आइपुगेका उनीहरूलाई आवश्यक स्वास्थ्य जाँचसहित प्रक्रिया पूरा गरेर काठमाडौंको वसुन्धरास्थित यती पार्टी प्यालेसको होल्डिङ सेन्टरमा राखिएको थियो।

म्यान्मारबाटै पीसीआर नेगेटिभ भएर आएकाले आवश्यक अभिलेख राखेर आजै होम क्वारेन्टाइनमा पठाइएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।

मकवानपुरका एकजना होल्डिङ सेन्टरमा रहेकाले पछि पठाइने जनाइएको छ। आज म्यान्मारबाट आउनेमा बागमती प्रदेशका १७ जना छन्। गण्डकी प्रदेशका चार, प्रदेश १ का चार र प्रदेश ५ का एकजना छन्।

सेन्टरको व्यवस्थापन नेपाली सेनाले गरिरहेको छ। उनीहरूलाई आज म्यान्मार सेनाको एअरफोर्सको फोकर–६० को फ्लाइट नम्बर एमएएच-००३ बाट २६ नेपालीलाई ल्याइएको थियो।

उक्त विमानबाट दुई नेपालीसहित ४३ जना म्यान्मार गएका छन्।

आज अपराह्न सरकारले संयुक्त अरब इमिरेट्स् (यूएई) बाट पनि १६८ जनालाई उद्धार गरी स्वदेश फर्काएको छ। विदेशबाट आएर सम्बन्धित जिल्लाको क्वारेन्टाइन वा सेल्फ क्वारेन्टाइनमा नजाँदासम्म उनीहरूलाई बस्न उपत्यकाका तीन जिल्लाका झण्डै तीन हजार क्षमताका सात होल्डिङ सेन्टर बनाइएको छ। रासस

" /> काठमाडाैं। म्यान्मारबाट उद्धार गरेर ल्याइएका २६ मध्ये २५ नेपालीलाई सरकारले आजै होम क्वारेन्टाइनमा पठाएको छ।

बिहान ११ बजे काठमाडौं आइपुगेका उनीहरूलाई आवश्यक स्वास्थ्य जाँचसहित प्रक्रिया पूरा गरेर काठमाडौंको वसुन्धरास्थित यती पार्टी प्यालेसको होल्डिङ सेन्टरमा राखिएको थियो।

म्यान्मारबाटै पीसीआर नेगेटिभ भएर आएकाले आवश्यक अभिलेख राखेर आजै होम क्वारेन्टाइनमा पठाइएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।

मकवानपुरका एकजना होल्डिङ सेन्टरमा रहेकाले पछि पठाइने जनाइएको छ। आज म्यान्मारबाट आउनेमा बागमती प्रदेशका १७ जना छन्। गण्डकी प्रदेशका चार, प्रदेश १ का चार र प्रदेश ५ का एकजना छन्।

सेन्टरको व्यवस्थापन नेपाली सेनाले गरिरहेको छ। उनीहरूलाई आज म्यान्मार सेनाको एअरफोर्सको फोकर–६० को फ्लाइट नम्बर एमएएच-००३ बाट २६ नेपालीलाई ल्याइएको थियो।

उक्त विमानबाट दुई नेपालीसहित ४३ जना म्यान्मार गएका छन्।

आज अपराह्न सरकारले संयुक्त अरब इमिरेट्स् (यूएई) बाट पनि १६८ जनालाई उद्धार गरी स्वदेश फर्काएको छ। विदेशबाट आएर सम्बन्धित जिल्लाको क्वारेन्टाइन वा सेल्फ क्वारेन्टाइनमा नजाँदासम्म उनीहरूलाई बस्न उपत्यकाका तीन जिल्लाका झण्डै तीन हजार क्षमताका सात होल्डिङ सेन्टर बनाइएको छ। रासस

"> म्यान्मारबाट आएकालाई आजै ‘होम क्वारेन्टाइन’मा पठाइयाे: Dekhapadhi
म्यान्मारबाट आएकालाई आजै ‘होम क्वारेन्टाइन’मा पठाइयाे
काठमाडाैं। म्यान्मारबाट उद्धार गरेर ल्याइएका २६ मध्ये २५ नेपालीलाई सरकारले आजै होम क्वारेन्टाइनमा पठाएको छ।

बिहान ११ बजे काठमाडौं आइपुगेका उनीहरूलाई आवश्यक स्वास्थ्य जाँचसहित प्रक्रिया पूरा गरेर काठमाडौंको वसुन्धरास्थित यती पार्टी प्यालेसको होल्डिङ सेन्टरमा राखिएको थियो।

म्यान्मारबाटै पीसीआर नेगेटिभ भएर आएकाले आवश्यक अभिलेख राखेर आजै होम क्वारेन्टाइनमा पठाइएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।

मकवानपुरका एकजना होल्डिङ सेन्टरमा रहेकाले पछि पठाइने जनाइएको छ। आज म्यान्मारबाट आउनेमा बागमती प्रदेशका १७ जना छन्। गण्डकी प्रदेशका चार, प्रदेश १ का चार र प्रदेश ५ का एकजना छन्।

सेन्टरको व्यवस्थापन नेपाली सेनाले गरिरहेको छ। उनीहरूलाई आज म्यान्मार सेनाको एअरफोर्सको फोकर–६० को फ्लाइट नम्बर एमएएच-००३ बाट २६ नेपालीलाई ल्याइएको थियो।

उक्त विमानबाट दुई नेपालीसहित ४३ जना म्यान्मार गएका छन्।

आज अपराह्न सरकारले संयुक्त अरब इमिरेट्स् (यूएई) बाट पनि १६८ जनालाई उद्धार गरी स्वदेश फर्काएको छ। विदेशबाट आएर सम्बन्धित जिल्लाको क्वारेन्टाइन वा सेल्फ क्वारेन्टाइनमा नजाँदासम्म उनीहरूलाई बस्न उपत्यकाका तीन जिल्लाका झण्डै तीन हजार क्षमताका सात होल्डिङ सेन्टर बनाइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्