जुम्लाकाे क्वारेन्टाइनमा मृत्यु भएकाको काेभिड-१९ रिपोर्ट नेगेटिभ <p>जुम्ला। जुम्लाको क्वारेन्टाइनमा मृत्यु भएकी ६५ वर्षीया वृद्धाको काेराेना परीक्षण रिपाेर्ट नेगेटिभ आएको छ।</p> <p>कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानले जनाएको छ।</p> <p>चन्दननाथ नगरपालिका&ndash;८, धुपीढुस्का माध्यमिक विद्यालय, तलिउमको क्वारेन्टाइनमा बसेकी वृद्धाको हिजाे,२३ जेठ राति ९ बजे मृत्यु भएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्