काठमाडौं। युनाइटेड अरब इमिरेट्स (यूएई) बाट नेपाली लिएर एअर अरेवियाको जहाज काठमाडौं आइपुगेको छ।
अहिले साँझ पौने ६ बजे उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
विमानमा एक बच्चासहित १६८ जना यात्रु नेपाल आएका छन्।
१ सय ६८ जनामध्ये ट्रान्सगार्ड कम्पनीका ७९ जना र इजादा कम्पनीका ६७ जना रहेका छन्। बाँकी अन्य कम्पनीमा काम गर्ने नेपालीहरू हुन्। उनीहरुलाई नेपाली सेनाले तोकेको होल्डिङ सेन्टरमा राखिने छ।
विदेशबाट आएका नेपाली नारिकलाई प्रदेशगत रुपमा व्यवस्थापन गर्नुअघि काठमाडौं, भक्तपुर र ललितपुरमा रहेका ९ वटा होल्डिङ सेन्टरमा राख्ने व्यवस्था नेपाली सेनाले गरेको छ ।
होल्डिङ सेन्टरबाट उनीहरूलाई प्रदेश अनुसार तयार गरिएको क्वारेन्टाइनमा पठाइन्छ। क्वारेन्टाइनमा १४ दिन बसेपछि मात्रै उनीहरू घर जान पाउँछन्।
नेपालीहरूलाई लिएर आएको एअर अरेवियाको उक्त जहाज भने आजै यूएई फर्कन लागेको छ। यूएई सरकारले नै नेपालीहरूलाई स्वदेश ल्याइदिएको हो।
फर्कदा उक्त जहाज रित्तै जाने विमानस्थल कार्यलयले जनाएको छ।
" /> काठमाडौं। युनाइटेड अरब इमिरेट्स (यूएई) बाट नेपाली लिएर एअर अरेवियाको जहाज काठमाडौं आइपुगेको छ।अहिले साँझ पौने ६ बजे उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

">